मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवक"/>
2026-06-20 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाचौ पर्वत महोत्सवको तयारी तिब्र

2016-11-27


मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।
    विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवको तयारीलाई तिब्र        पारेको जनाएको छ । शनिवार पत्रकार सम्मेलन गरी उवासंघले जिल्लाको धामिर्क तथा पर्यटकीय क्षेत्रको विकास तथा लघुउद्यमको प्रर्वद्धनका लागि महोत्सवको आयोजना गरिएको जनाएको छ ।
    माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पर्वत महोत्सव सफल बनाउनको लागि उवासंघले विभिन्न उपसमिति निर्माण गरी जिम्मेवारी तोकेको जनाएको छ ।
    विगतको बर्षका महोत्सवभन्दा पाँचौ पर्वत महोत्सव तथा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला फरक र पृथक हुने उवासंघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताए ।             समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका आयोजना हुन लागेको पर्वत महोत्सव जिल्लाको पर्यटन बिकास, व्यापार, पर्यटन,संस्कृति प्रवद्र्धन र आर्थिक बिकास लगायतको क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने बिश्बास लिएको अध्यक्ष शर्माले बताए । महोत्सवमा २ सय वटा विभिन्न प्रकारका स्टलहरु रहनुको साथै २ लाख दर्शक कार्यक्रममा भित्राउने योजना रहेको आयोजकले जनाएको छ ।
     १० दिनसम्म चल्ने महोत्सवमा २ करोडको कारोबार हुने महोत्सव आर्थिक समितिले जनाएको छ । महोत्सवमा झण्डै २ करोडको कारोबार हुने र ४० लाख खुद नाफा निकाल्ने योजनामा         रहेको आर्थिक समितिका संयोजक तथा उवासंघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताए । आम्दानी भएको रकम जिल्लाको खेलकुद विकासको लागि खर्च गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको उदेश्य के छ ?
जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासको लागि आयोजना हुन लागेको महोत्सव जिल्लाको पर्यटकीय क्षेत्रको विकासमा केन्द्रित छ । यहि माघ १३ देखि २२ गतेसम्म कुश्माबजारको खत्री टोलमा संचालन हुदैछ ।         महोत्सवमा समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवद्र्वन गर्ने, पर्वत जिल्लाका ऐतिहासीक, धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्वन तथा प्रचार प्रसार, महोत्सवबाट वचत रकमले खेलकुद क्षेत्रको बिकास र कुश्मा बजारमा सिटिहल निर्माण, लोक संस्कृतिको संरक्षण, सम्वद्र्वन र प्रवद्र्वन गर्ने , स्थानिय उत्पादन,उद्योग, व्यापार र व्यवसायको विस्तार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने,प्रदेश नं ४ को मुख्य पर्यटकीयनगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने  महोत्सवले उदेश्य राखेको छ ।
महोत्सवमा केके छ ?
१० दिनसम्म चल्ने महोत्सवमा जिल्लामा रहेका विभिन्न प्रकारका झाँकी प्रर्दशनी, खुल्ला पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, स्थानिय घरेलु उत्पादनहरुको विक्री तथा औद्योगिक प्रद्र्धशनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तूहरुको उचित मुल्यमा विक्री, शैक्षिक प्रद्र्धशनी, कृषी प्रद्र्धशनी, फोटो प्रद्र्धशनी, प्रत्येक दिन फरक–     फरक राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती, उत्कृष्ट स्टल लाई पुरस्कारको व्यवस्था, चमेनागृह तथा              रेष्टुरेन्टको व्यवस्था रहेको छ ।             त्यस्तै, बाल उद्यान, प्रशिद्ध गुप्तेश्वर तथा अल्पेश्वरगुफा, कुश्मा वलेवा यान्त्रिकपुल एवं नेपालका  सबैभन्दा अग्ला ३ वटा झोलुङ्गेपुलहरुको अवलोकन , स्थानीय अल्लोका कपडा, लोक्ताको नेपाली कागज हस्तकलाका सामाग्रीहरु, सुन्तला, जुस, मह, जडिबुटी, अदुवा क्यान्डीे प्रदर्शनी, प.उ.वा.संघद्धारा संचालित एक गाऊ एक उत्पादन कार्यक्रम वाट उत्पादीत लप्सी अचार, क्याण्डी, जाम लगायतका लप्सीका परिकारहरुको बिक्रि तथा प्रदर्शनी गर्ने , जिल्लाको लोक संस्कृतिमा     आधारित झाकी प्रदर्शनी, सूचना प्रबिधि संम्वन्धी जानकारी, संघका सदस्यहरु, लघु घरेलु तथा महिला उद्यमीहरुको सामाग्रीहरुको स्टल भाडामा १०% छुटको व्यवस्था लगायतका मुख्य गतिविधि      हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ