२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ

२०७५, ९ बैशाख आईतवार ११:१०

वैशाख ९ काठमाडौँ | विसं २०७२ को भूकम्पबाट क्षति पुर्याइएको नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ भएको छ । 

नेपालको कला तथा संस्कृतिको उजागर गर्ने एउटा महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानभित्रका मुख्य प्रेक्षालय तथा अन्य कक्ष चर्किएका कारण त्यसको मर्मतसम्भार गर्न थालिएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले राससलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल एकेडेमीको आत्मसौन्दर्य जोगाउँदै आधुनिक प्रविधि सम्पन्न हुने गरी प्रज्ञा भवनको जीर्णोद्धार गरिने छ ।” सबलीकरण गरी तीन महिनादेखि पुनःनिर्माण थालनी भएको प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालय, भित्री कक्ष तथा जगसम्बन्धी काम भइरहेको छ । सरकारको रु २२ करोडको लागतमा जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य रहेको सो भवन पूरा हुन करीब चार वर्ष लाग्ने अनुमान रहेको प्राज्ञ मुकारुङले बताउनुभयो । 

नेपाल एकेडेमी ऐन २०१४ अनुसार नेपाली साहित्यकलाको विकास गर्न विसं २०१४ मा गठित रोयल नेपाल एकेडेमी विसं २०३१ मा ऐनमा संशोधनपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र २०६२ मा नेपाल प्रज्ञा–प्रतिष्ठान परिणत भएको हो । 

प्रतिष्ठानले नेपालका विविध भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति विकास तथा अध्ययन, अन्वेषण गर्न, कलाकारमा मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न योगदान गर्दै आएको छ । प्रज्ञा–प्रतिष्ठानमा भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शन शास्त्रसम्बन्धी छुट्टाछुट्टै विभाग छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट