२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

२०७५, २४ जेष्ठ बिहीबार १०:४२

जेठ २४, काठमाडौँ | माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । 

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । 

बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् । 

यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्नेछ । सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर प्राप्त गर्ने छन् । 

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्स्चेन्जमा भने सूचीकृत हुन सकेको छैन । 

स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको छ । आयोजनाले स्थानीयवासीलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको छ । 

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित तथा कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते