गुल्मी दरवारको छट्पटीः फेरी विज्ञप्ती छपाईमा खर्चियो कति ? (विज्ञप्तिसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

प्रेम सुनार/जेठ–२४ गुल्मी।  जनप्रतिनीधीहरुलाई विलासी बनाउँदै आएको,  बैठक भत्ता र ईन्धन खर्च साविकको जिल्ला विकास समितिकै हाराहारीमा खर्च गरेको समाचारलाई पचाउन नसकेर गुल्मीदरवार गाउँपालिका यति वेला छट्पटिमा परेको  छ ।

उसले छट्पटीबाट मुक्त हुने प्रयास स्वरुप विज्ञप्ती प्रकाशित गरी जनताको कर र राज्यकोषको दुरुपयोग गरी बुटवलबाट प्रकाशित दुई वटा पत्रिकामा हुवहु उक्त विज्ञप्ती प्रकाशित गरेको हो । त्यहाँको एक पत्रिकामा हिजो पुरापाठ विज्ञप्ती प्रकाशित गरेको छ भने अर्को पत्रिकामा हिजोको बाँकी अंश आज प्रकाशित गरेको छ ।

आफ्नो कम्जोरी स्वीकार गरी बाँकी दिनमा सुधार गर्नुको साटो उसले आफुलाई जनताको कर र राज्यकोषको रकमलाई दुध बनाई पखाल्ने नियत बोकेर फेरी लाखौं रुपैयाँ खर्च गरेको आज विहान अनौपचारिक रुपमा वसेको गुल्मीका केहि  पत्रकारहरुको समिक्षा बैठकले  ठहर  गरेका छ् । जुन साईजमा विज्ञप्ती प्रकाशित गरिएको छ  , त्यस अनुसार त्यस गाउँपालिकाले दावी गरे जस्तो रकममा छापिदैन ।

वुटवलका ति दुई वटै पत्रिकाका गुल्मी सम्वादाताहरु संग बुझ्दा आफुहरु मार्फत उक्त विज्ञप्ती प्रकाशित नभएको स्पष्ट पार्दै आश्चर्य ब्यक्त गरेका छन् ।  यस सम्वन्धमा त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा संग बुझ्दा उनले आईटी अफिसर मार्फत प्रकाशित गर्न लगाएको स्वीकार गरे ।

आईटी अफिसर अर्थात सुचना तथा प्रविधी अधिकृत सुरेश खनाल संग सम्पर्क राख्दा उनले आफुले ति पत्रिकामा छपाउन लगाएको बताए । कतिमा छपाउनु भयो त ? भन्ने प्रश्नमा उनले भने–‘ अहिले नै यति भनेर त भन्न सकिन्न, एउटा पत्रिकामा त्यस्तै विसवाईस हजार जति त होलानी ।’  यस अघि पनि प्रमुख प्रशासकिय अधिकृत शर्माले आफुले केन्द्रका केहि पत्रकारहरु संग सम्पर्क रहेकोले सिधै छपाउन लगाएको बताएका छन् ।

जिल्लाका पत्रकारहरु दैनिक रुपमा यहाँको पत्रकारितामा क्रियाशिल हुने तर केन्द्र अर्थात विभिन्न पत्रिकाको डेक्सबाट ५० प्रतिशत सम्म कर्मचारीलाई कमिशन दिएर विज्ञापन छपाउने गरेको समाचार हामीले यस अघि उठाईको कुरा गुल्मीदरवारबाट पनि पुष्टी भएको छ ।

सञ्चार माध्यमबाट समेत कमिशनको चक्कर चल्छ भने अन्य  क्षेत्रमा के होला ? यस्तो प्रतिपश्न निष्ठावान पत्रकारहरुले उठाउन थालेका छन् । विज्ञप्तीको समाचार बन्छ तर हुवहु छपाउनु भनेको जनताको कर र राज्यकोषमा दुरुपयोग गर्नु हो भन्दै जिल्लाका पत्रकारहरुले यसलाई गम्भीर रुपममा लिएका छन् ।

यहाँबाट पत्रकारहरुले जुन कुनै संस्थाका गलत पक्षको उठान गर्ने अनि ति संस्थाहरुले विज्ञप्ती निकाल्दै र पत्रिकाहरुले छपाउँदै  जाने हो भने अवका ति संस्था र पत्रकारिताको अवस्था कस्तो हुँदै जाला ? भन्ने चिन्ता पनि यहाँका पत्रकारहरुले गरेका छन्

यहाँका केहि  स्थानिय तहका कर्मचारीहरुले पत्रकारहरुलाई दिने सुचनामा समेत २० प्रतिशत कमिशन माग्छन भने निर्माण ब्यवसायको क्षेत्रमा झन कति हैरान पारे होलान भन्ने चिन्ता र चासो पनि बढेको छ ।

हामी झण्डै दुई दशक देखि यसै जिल्लामा पत्रकारिता गर्दै आएका धेरै पत्रकारहरु छौ । साविकको जिल्ला विकास समिति देखि कुनै तत्कालिन कुनै पनि कार्यालयहरुले हामी संग कुनै किशिमको प्रलोभनन देखाएनन , सवै पत्रकारहरुलाई समानुपतिक ढंगले विज्ञापन दिदै आएका थिए  ।

अहिले आएर नयाँ र युवा कर्मचारीहरुले पत्रकारहरुलाई के ठानेका हुन ? यहि हो सिंहदरवार ?  यहि हो स्थानिय निकाय शक्तिशाली भनेको ?  के पत्रकारहरुले साँच्ची नै तोड्नु प¥यो  त्यस्तो गलत  शक्तिलाई ? यस्तो प्रतिप्रश्न पनि गर्न थालिएको छ  ।

गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाको ध्याकृष्ट गराउँदा उनले भने–‘ के गर्ने पहिला यस्तो जानिएन, जिल्ला कै पत्रकार मार्फत गरिनु पर्ने रैछ, हामी सल्लाह गरेरै पत्रिकामा छपाएको हौं ,  आगमी त्यस्तो गर्ने छैनौं । ’

गुण्डा नाईकेको पारा केहि पत्रकारहरुको

यस देशका गुण्डा नाईकेहरु हात–हतियारको आडमा व्रम्हालुल गरी रहेका छन भने केहि पत्रकारहरु कलमलाई त्यो भन्दा  शक्तिशाली हतियार बनाउँदै व्रम्हालुट गर्दै आएको गुनासो पनि जनस्तरबाट उठेको छ ।  गुल्मीदरवारको समाचार रिर्पोटिङ्ग सुरु हुँदैबाट प्रलोभनको चारो फ्याँक्न सुरु गरिएको थियो । पत्रकारिता प्रति निष्ठावानहरु  कुनै किशिमको प्रलोभनमा पर्दैनन् , निडर र निर्भिक भएर लेख्छन ।

जसले आफुलाई कुनै सञ्चार माध्यमको नाम लिदै विभिन्न कार्यालय र संघ संस्थालाई थर्काउँ छ त्यो पत्रकारका नाममा कलंक हो भन्ने स्पष्ट हुन्छ । पत्रकारहको आवरणमा यहाँ पनि कुनै एक एकले विभिन्न कर्मचारी र जनप्रतिनिधीहरुलाई धर्काएको भरमा आफ्नो निहित अभिष्ट पुरा गर्ने गरेको आरोप पनि चर्चामा छ । यस विषयमा पनि हामी थप खोजी अनुसन्धान गर्दै छौं ।

यस सम्वन्धमा नेपाल पत्रकार महासंघ गुल्मीको गम्भीर ध्यानकृष्ट भई सकेको छ । महासंघका अध्यक्ष नवराज भुसालले पत्रकारिताको नाममा कसैले समाचार लेखनमा वार्गेनिङ्ग गर्छ भने त्यसले तत्काल पत्रकारिता छाडेर दलाली   पेशा सञ्चान गर्न हिडे हुने  सुझाव दिए ।

उनले भने–‘ पत्रकारहरुको वैद्यानिक आर्थिक श्रोत भनेको सुचना , विज्ञापन हुन । अर्को कुरा उसको मेहनत र परिश्रम हो तर कतिपयले लेखेर भन्दा नलेखेर कमाईन्छ भन्ने दुसाहस  गरिरहेको छ भने उसले यो क्षेत्र छाडेर दलाली पेशातिर लागे हुन्छ  ।  ’

कतिपय ठुला शहरमा पत्रकारिता देखाउने दाँत मात्र भएको चर्चा पनि चुलिएको छ । जग्गा देखि विभिन्न दलाली र तस्कर सञ्जालमा  जोडिएकाहरु सवै भन्दा ठुला र प्रतिष्ठीत पत्रकारको ध्वाँसा दिने गरेको आलोचना पनि गर्न थालिएको छ । पत्रकारिताकी दलाली ? छुट्टाउनु होस र। त्यस्ता प्रवृद्धि कसैले  देखाउँछ भने सुचित गर्नुहोस हामी नाङ्गेझार पार्ने छौं ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply