असार २५, काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४ सय ५० रुपैयाँ बनाउन सिफारिस गरेको छ। अब यो सिफारिसका आधारमा सरकारले मजदुरको तलब निर्धारण गर्नेछ।

यसअघि मजदुरको न्युनतम तलव ९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

सरकारले साउन महिनाबाट समाजिक सुरक्षा ऐन पनि लागू गर्दैछ । समाजिक सुरक्षा बापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य हुँदैछ।

सरकारले साउन महिनाबाट मजदुरको तलब बैंक खाताबाट भुक्तानी अनिवार्य गर्ने तयारी समेत गरेको छ । यसअघिको समाचारमा न्युनतम तलब १३ हजार ४५० हुनुपर्नेमा त्रुटी भएकाले सच्याइएको छ (सं) |