Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छोरा नजन्मिएपछि एक महिलाद्धारा आत्मा हत्या

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असार २५, बुटवल। श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्वन्ध विच्छेद माग्ने , वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अको विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छिन् ।

बडीगाड गाउपालिका वडा न ९ , साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी ४३ बर्षिया श्रीमती गीता मल्लले  गएराती झुण्डिएर आत्मा हत्या  गरेकी हुन ।

साँझ  श्रीमानसँगै खाना खाइ श्रीमानलाई बिस्तारा समेत लगार्इदिर्इ तपाईं सुत्नुस म टिभी हेर्छु भनी कोठाबाट बाहिरिएकी थिर्इन् । सधै टिभी हेरेर आएर सुत्ने भएको हुँदा श्रीमान पनि सुतेको र बिहान ३ बजे ब्युझेर हेर्दा श्रीमतीलाई नदेखेपछी श्रीमानले घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछी स्थानियलाई हार गुहार गरी  बोलाएको वडा अध्यक्ष कृष्ण के सीले बताए।

लगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए ।  त्यस कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बाँनियाले यस्तो घटना घटेको जानकारी दिए ।

अहिले  बुर्तिबाङ ईलाका  प्रहरी कार्यालयबाट प्रहरी टोली आइ मुचुल्का उठाई शब पोस्ट्मार्टमका लागि बुर्तिबाङ स्वाथ्य केन्द्रमा  केन्द्र  लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि  बुवालाई अर्को बिवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

उनिहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मीमा  बिहे भैसकेको थियो । गिताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।