<p><b>भदौ ३, काठमाडौं । </b> स्थानीय बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ। गत शुक्रबार स्थिर रहेको सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँले बढेको हो।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मुल्य ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। गत शुक्रबार छापावाल सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।</p><p>त्यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ बढेर ५५ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।</p>
