असोज २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।