<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e50e3d3742fe7f21ba4839a13fc4199e1501465316.jpg" style="float: left;"><b>साउन १६, काठमाडौं ।</b> भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । <br></p><p>२५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।</p><p>पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन । -नयाँ पत्रिका दैनिक </p>
