कार्तिक ४, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४८ वटा कम्पनीको कारोबार रोक्का गरेको छ । सूचीकृत कम्पनीले बार्षिक रूपमा बुझाउनु पर्ने नवीकरण शुल्क नबुझाएका कारण कारोबार स्थगन गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।

नेप्सेका अनुसार सेयर कारोबार रोक्का हुने कम्पनीहरुमा आठ विकास बैंक, पाँच फाइनान्स कम्पनी, १३ लघुवित्त संस्था, चार डाइड्रोपावर कम्पनी र १८ अन्य कम्पनी रहेका छन् ।

ती कम्पनीहरुले नयाँ आव सुरु भएको पहिलो त्रैमासिकभित्र नवीकरण शुल्क नबुझाएकाले कारोबार रोक्का गरिएको हो । आइतबार शुल्क बुझाए सोमबारदेखि कारोबार सुचारु गरिने प्रवक्ता पराजुलीले बताए ।

कम्पनीहरूले चुक्ता पूँजीका आधारमा बार्षिक नवीकरण शुल्क बुझाउनु पर्छ। एक करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, पाँच करोडसम्म पूँजी भएका कम्पनीले २५ हजार, १० करोडसम्म ३५ हजार र १० करोडमाथि पूँजी हुनेले ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्छ।

कारोबार रोक्का हुने विकास बैंकहरु

कञ्चनजंघा विकास बैंक

पूर्णिमा विकास बैंक

नेपाल कम्युनिटि विकास बैंक

मितेरी विकास बैंक

कर्पोरेट विकास बैंक

नारायणी विकास बैंक

एनआईडीसी विकास बैंक

सहारा विकास बैंक

फाइनान्स कम्पनीहरु

बेस्ट फाइनान्स कम्पनी

मल्टिपर्पोस फाइनान्स कम्पनी

क्रिस्टल फाइनान्स

सिनर्जि फाइनान्स

सम्झना फाइनान्स कम्पनी

जलविद्युत् कम्पनीहरु

रैराङ जलविद्युत् विकास कम्पनी

नेसनल हाइड्रोपावर कम्पनी

रिडि हाइड्रोपावर विकास कम्पनी

बरुण हाइड्रोपावर

लघुवित्तहरु

आरएमडीसी लघुवित्त

सपोर्ट लघुवित्त

विजय लघुवित्त,

फर्वार्ड कम्युनिटि लघुवित्त

आरएसडीसी लघुवित्त

छिमेकी लघुवित्त

जनउत्थान सामुदायिक उत्थान लघुवित्त

मिथिला लघुवित्त

नेसनल माइक्रोफाईनान्स

समिट माइक्रोफाईनान्स

माहुली सामुदायिक लघुवित्त

कालिका लघुवित्त

सिभिल लघुवित्त

अन्य कम्पनीहरु

सिटिजन म्युचुअल फन्ड–१

नेपाल सेयर मार्केट लिमिटेट

याक एन्ड यति होटल

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी

नेपाल वेलफेयर कम्पनी

नेपाल ट्रेडिङ

अरुण बनस्पति

बिराट सु

बुटवल स्पिनिङ मिल्स

फ्लोर हिमालय

गोरखकाली रबर उद्योग

हरिसिद्धि ब्रिक एन्ड टायल फ्याक्ट्रि

ज्योति स्पिनिङ मिल्स

नेपाल बिटुकिन एन्ड ब्यारेल उद्योग

रघुपति जुट मिल्स

भृकुटी पेपर

सेभेन पर्सेन्ट एनएमबि डिबेन्चर २०७७