2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

असोज २३, काँकडभिट्टा । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । 

झापाको विर्तामोडमा रहेको विष्टको करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । 

अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ । 

जिल्ला अदालतका पाँचैजना न्यायाधीश निर्वाचन आयोगको तालिममा गएका बेला श्रेस्तेदार इन्द्रहाङ योङहाङले गरेको थुनछेक बहसपछि डेढ करोड रुपैयाँ धरौटी रकम माग गरिएको थियो । 

सोही रकम बझुाउन नसक्दा उनी कारागार चलाउन भएको श्रेस्तेदार योङहाङको भनाइ छ । यसअघि नै अपहरण प्रकरणमा संलग्न भनिएका तत्कालीन सञ्चार मन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य, अजर राई, राजु कुँवर र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन नायब सुब्बा तेजिन्द्र न्यौपाने धरौटी रकम बुझाएर सादा तारखेमा छुटिसकेका छन् । 

विष्टले २०७३ माघ १३ गते विर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए । 

सोही निवेदनका आधारमा प्रहरीले अन्यलाई पक्राउ गर्न सफल भए पनि पत्रकार पुजन आचार्य भने फरार रहेका थिए । 

अदालतबाट आरोप पुष्टि भए मानव अपरहण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको श्रेस्तदार याङहाङको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई