By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
11 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
17 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधैसुविधा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधैसुविधा
अर्थ/विकासकाठमाडौँ - KTM

सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधैसुविधा

साझासवाल
Last updated: November 14, 2018 4:19 pm
साझासवाल
6 Min Read
Share

अशोक घिमिरे | कात्तिक २८, काठमाडौँ (रासस) | कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ ।

समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि रु १० सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् ।

समझदारी आगामी तीन वर्षसम्म कायम रहने र आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमतिसमेत भएको छ । उक्त समझदारीले कोषमा नियमित कोषकट्टी रकम जम्मा गर्ने सञ्चयकर्तालाई अतिरिक्त उमेर हद वा पदावधिका कारण अवकास भई सो मितिले छ वर्षसम्म कोषबाट भुक्तानी नलिएका सञ्चयकर्तालाई समेटेको छ ।

समझदारीअनुसार बीमा शुल्क प्रतिवर्ष प्रतिसञ्चयकर्ता रु ४२० का दरले जम्मा रु २५ करोड २० लाख हुनेछ । बीमा अवधि समाप्त भई नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम थपघट भएको सञ्चयकर्ताको सङ्ख्यासमेतको अधारमा बीमा नवीकरण शुल्कमा पुनरावलोकन हुनेछ । बीमा शुल्कबापतको रकम कोषबाट एकमुष्ठ भुक्तानी भएको मितिदेखि कम्पनीले एक वर्षका लागि बीमालेख जारी गर्नेछ ।

घातक रोगका लागि दश लाख

घातक रोगको उपचारका लागि भएको वास्तविक खर्च वा रु १० लाखमध्ये कम हुन आउने रकम प्रदान गरिने कोषले जनाएको छ । हृदयाघात, मिर्गौला खराबी, अर्बुद, अल्जाइमर, पार्किङ्सन्, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र कलेजो रोगलाई घातक रोग मानिएको छ ।

यस्तै बीमा अवधिमा अधिकतम रु एक लाखमा नबढ्ने गरी न्यूनतम रु तीन हजार वा वास्ताविक खर्चको १५ प्रतिशत कट्टा गरी एकै पटकमा वा पटकपटक गरी रु ३० हजारमा नबढ्ने गरी ‘सर्जन’ वा ‘एनेस्थियाटिष्ट’को दस्तुर तथा शल्यक्रिया कक्षको शुल्कबापतको खर्च सञ्चयकर्तालाई प्रदान गरिनेछ ।

सहमतिअनुसार एक वर्षमा अधिकतम् रु २० हजार (एक पटकको उपचारमा रु १० हजारसम्म) चिकित्सकको जाँच शुल्क, एक्सरे वा विशेषज्ञ सेवाशुल्क वा ‘प्याथोलोजिस्ट’ शुल्क वा रोग निदान उपकरण शुल्क प्रदान गरिनेछ । अस्पतालमा भर्ना शुल्क प्रतिदिन रु दुई हजारमा नबढ्ने गरी एक वर्षमा रु २५ हजारसम्म उपलब्ध गराइन छ ।

सर्जिकल सामग्री खरिदको लागि एक वर्षमा अधिकतम जम्मा रु आठ हजार (रु तीन हजारसम्मको कृतिम हात वा खुट्टासमेत समावेश गर्न सकिने), एक पटकमा रु पाँच हजार नबढ्ने गरी अधिकतम् रु १५ हजारसम्मको औषधि खरिद खर्च सञ्चयकर्ताले पाउनेछन् । बढीमा दुई पटकको लागि एक पटकमा रु चार हजार ५०० सम्मको प्रसूति खर्च प्रदान गरिने कोषले जनाएको छ ।

दुर्घटनाबाहेक प्रतीक्षा अवधि बीमालेख जारी भएको मितिले औषधोपचारको हकमा ३० दिन र घातक रोगको हकमा ९० दिन हुनेछ । बीमालेख नवीकरण गर्दा प्रतीक्षा अवधि लागू हुने छैन ।

शाखा कार्यालयबाटै भुक्तानी

सञ्चयकर्ताले अस्पतालबाट घरफिर्ता भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र कम्पनीलाई सोको जानकारी गराउनुपर्नेछ । दाबीको लागि आवश्यक कागजपत्रसहित सञ्चयकर्ताले कम्पनीसमक्ष अस्पतालबाट घरफिर्ता भएको सामन्यतः छ महीनाभित्र पेश गरिसक्नुपर्ने छ ।

शाखा कार्यालयमार्फत रु २५ हजारसम्मको दाबी रकमको भुक्तानी १५ दिनभित्र, रु २५ हजारदेखि एक लाखसम्मको दाबी ३० दिनभित्र र घातक रोगका लागि ४५ दिनभित्र केन्द्रीय कार्यालयमार्फत दाबी गर्न सकिने समझदारीमा उल्लेख छ ।

बीमा रकम दाबी गर्न कम्पनीले तोकेको ढाँचामा सञ्चयकर्ताको निवेदन, कम्पनीबाट उपलब्ध गराइएको फारम, अस्पतालको छाप, सम्बन्धित चिकित्सकको दस्तखत र नेपाल मेडिकल काउन्सिलले उपलब्ध गराएको दर्ता नम्बर, चिकित्सको सक्कलै पूर्जा र ‘डिस्चार्ज स्लिप’सहित कोषको प्रमाणित पत्र पेश गर्नुपर्नेछ ।

दुर्घटनाबाट उपचार गर्नुपर्ने बाहेक दाँतको उपचार वा शल्यक्रिया, आँखाको सामान्य जाँच वा चश्मा खरिद, श्रवण उपकरण खरिद र ‘कस्मेटिक सर्जरी’, मादक पदार्थ वा लागूपदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोग तथा चोटपटकको उपचारमा बीमा दाबी गर्न नसकिने कोषले स्पष्ट पारेको छ ।

दुई मुलुकबीच भएको घोषित वा अघोषित लडाईं, आमहड्ताल, हुलदङ्गामा सहभागी हुँदा भएको चोट पटक वा उपचार खर्च तथा बीमालेख प्रारम्भ हुनुभन्दा अगाडि लागेका रोगको उपचारका क्रममा भए/गरेका खर्च र बीमालेख जारी भई प्रतीक्षा समय सीमाभित्र भएका खर्च बीमाले नसमेट्ने कोषले जनाएको छ ।

आयुर्वेदिक औषधिका खर्च तथा उपचार उपकरणको प्रयोगमा बीमा दाबी गर्न पाइने छैन तर कमलपित्तको आयुर्वेदिक उपचारमा भने बीमा दाबी गर्न सकिनेछ । विदेशमा गरेका उपचार तथा खर्चहरु चिकित्सकको सिफारिशमा बीमालेखको सीमाको अधिनमा रही भुक्तानी दिन सकिनेछ ।

कोष र बीमा कम्पनीबीच भविष्यमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत समावेश गरी सम्वन्धित व्यक्तिले बीमा गर्न चाहेमा आवश्यक व्यवस्था गर्न सकिने समझदारीसमेत भएको छ ।

दूरगामी महत्वको समझदारी

कोषका प्रशासक गौतमले स्वास्थ्योपचार अत्यन्त खर्चिलो र महँगो बन्दै गएको अवस्थामा यस समझदारीले नेपालको इतिहासमै दीर्घकालीन र दूरगामी महत्वको राख्ने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषका रुपमासमेत स्थापित हुँदै गएको सञ्चयकर्ताको जीवनयापनलाई सहज बनाउन विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमलाई लागू गर्दै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कोष सञ्चयकर्ताका लागि मात्र होइन, अब सञ्चयकर्ताका बाबु, आमा, श्रीमती, छोराछोरीलाई समेत सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी अघि बढ्छ ।”

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीले बीमा कम्पनीको इतिहासमा पहिलोपटक ठूलो सङ्ख्या बीमालेख जारी भएको बताउनुभयो । कोषले स्थापनाकालदेखि नै सञ्चयकर्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कोषमा छ लाख जनाले रकम राख्दै आएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा
Next Article साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु, दुई वर्षभित्र तयार हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसूचना प्रबिधि

आजदेखि लागु हुने गरि टेलिकमले इन्टरनेटको मूल्य घटायो (सुचिसहित)

57 years ago
अर्थ/विकासमुस्ताङ्ग - MST

मुस्ताङको थापाखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

57 years ago
ओखलढुङ्गा - OKLकाठमाडौँ - KTMपत्रपत्रिकाबाट

ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, बलात्कार भएको आशंका

57 years ago
काठमाडौँ - KTMराजनीति

संचारमन्त्रीले भने- सरकारका सय दिन उपलब्धिमूलक

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?