2026-10-02 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, बलात्कार भएको आशंका

जेठ ८, काठमाडौं | ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंकासमेत गरिएको छ। तर मेडिकल रिपोर्टबिना यसबारे बोल्न नमिल्ने खनाल बताउँछन्। 

प्रहरी नायब उपरीक्षक खनालका अनुसार किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन्। घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थियो। प्रहरीलाई पनि खबर गरिएको थियो।

खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारेको हो। उनी आफ्नो घर भन्दा डेढ किलोमिटर टाढा फेला परेकी हुन्। 

‘४ बजेतिर गाउँलेले उनको खोजी गर्‍यो। ५ बजेतिर फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो,’ खनालले भने,‘प्रहरी पुग्दा साढे ५ भएको थियो। अस्पताल पुर्‍याउँदा ६ बज्यो।’

‘डाक्टरले कुरा गर्दा केही बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। नाम र घटनाबारे भन्न सक्नुहुन्छ,’ उनले भने, ‘तर टाउकोमा चोट लागेको हुँदा हामीले धेरै प्रेसर दिइसकेका छैनौं।’अहिले उनलाई काठमाडौं ल्याउन प्रहरीले अल्टिच्युड हेलिकप्टरसँग कुराकानी गरिरहेको छ।

प्रहरीले घटनामा संलग्नहरूको पहिचान पनि गरिसकेको उनले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने