2026-07-02 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संचारमन्त्रीले भने- सरकारका सय दिन उपलब्धिमूलक

2017-09-14


भदौ २४, काठमाडौँ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि आज सय दिन पुगेको अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले संविधानको कार्यान्वयनका सिलसिलामा सबै तहका निर्वाचन सम्पन्न गराउने अग्रसरता नै सरकारको प्रमुख उपलब्धि हो भन्नुभयो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले वर्तमान सरकार गठन भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनाका साथै आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताउनुभयो । “सरकारले संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न मिति घोषणा गर्नुका साथै निर्वाचनको आवश्यक तयारी र व्यवस्थापन गरिरहेको छ,”,उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले गत जेठ २४ गते पदबहाली गरेपछि संविधान कार्यान्वयन, सबै तहका निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक समृद्धि, शान्ति सुरक्षा र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने प्राथमिकता तोकी कार्यारम्भ गरेको थियो । 

उहाँले संविधान संशोधन विधेयकलाई मतदानका लागि संसद्मा प्रस्तुत गरी सबै तहका निर्वाचनमा मधेश केन्द्रित सम्पूर्ण दलको सहभागिता सुनिश्चित गर्दै सरकारले निर्वाचनका लागि आवश्यक कानून निर्माण गरेको जानकारी गराउनुभयो । 

सरकारले गत साउन महिनाको अविरल वर्षापछि मुलुकभर आएको बाढी, पहिरो र डुबानबाट अस्तव्यवस्त जनजीवनलाई सामान्यीकरण गर्न तत्काल राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित रहेको जनाएको छ । 

सय दिनको अवधिमा भारत र चीनलगायत अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा भएको भ्रमणले छिमेकी मुलुक एवं अन्तर्राष्ट्रियस्तरमा आपसी कूटनीतिक सम्बन्ध अझ बढी सुदृढ र उन्नत बनाउन मद्दत पुगेको सरकारको बुझाइ छ । सो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीट्जरल्याण्ड भ्रमण, उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको भारत र चीन भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुनाका साथै अन्तर्राष्ट्रिय जगत्सँग नेपालको सम्बन्ध थप उचाइमा पुगेको छ । 

सय दिनकै अवधिमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गर्नु तथा बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा हुनु र बैठकले बिमस्टेकको शिखर सम्मेलन उपयुक्त समयमा काठमाडौँमा गर्ने निर्णय गर्नु नेपालका लागि गौरवको विषय बनेको सरकारले जनाएको छ । 

भूकम्पपछिको पुनःनिर्माणका क्रममा पछिल्लो पटक उल्लेखनीय कार्य भएको बताउँदै सञ्चारमन्त्री बस्नेतले सो अवधिमा सम्पदा, निजी घर, विद्यालय, सरकारी कार्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणको विवरण दिनुभयो । 

स्थानीय तहको बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट अनुदानका रुपमा हस्तान्तरित र स्थानीय स्रोतसमेत कायम गरी निर्माण गरिएको बजेट व्यवस्थित तुल्याउन आवश्यक व्यवस्था गरिएको उहाँले अवगत गराउनुभयो । सरकार गठन भएको सो अवधिमा अर्थ, उद्योग, वाणिज्य, ऊर्जा, कृषि, शहरी विकास, सिँचाइ, सञ्चार, स्थानीय र भौतिक पूर्वाधार र सडकलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । 

सरकारले प्रमुख चाडपर्वका मुखमा आपूर्ति व्यवस्थापन र बजार अनुगमनलाई प्रभावकारी बनाउनाका साथै सुरक्षा अवस्थालाई समेत चुस्त बनाएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नाका साथै स्रोतसाधनको कमी हुन नदिने सुनिश्चितता गर्दै समयमै निर्माण सक्ने गरी तीव्रता दिन प्रोत्साहन दिनुभएको मन्त्री बस्नेतले बताउनुभयो । 

पत्रकार सम्मेलनमा उठेका सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारले भ्रष्टाचार र अनियमिततामा शून्यसहनशीलता अपनाएको बताउँदै कानूनी प्रक्रियानुसार भ्रष्टाचार नियन्त्रण गरिने अठोट व्यक्त गर्नुभयो । 

परराष्ट्रमन्त्री महराले सरकारको पहिलो प्राथमिकता संविधानकोे कार्यान्वयन र निर्धारित समयमा सबै तहका निर्वाचन सम्पन्न गर्ने अग्रसरता मुख्य उपलब्धि हो भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै