Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 13, 2019 पर्बत - PBT, समाज

फलेवासमा फागुनको दोस्रो साता हात्ती पाइले रोगको औषधि खुवाइने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शिला पाण्डे, पर्वत । फलेवास नगरपालिकाले यहि फागुनको दोस्रो साता हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । नगरपालिकाका ११ वटै वडामा हात्ति पाइले रोग विरुद्धको अभियान फागुन १५ गतेदेखि शुरु हुने भएको हो ।

चार दिनसम्म चल्ने उक्त अभियानका लागि  ६ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ  भने ५५ जना स्वाथ्यकर्मी परिचालन हुने बताइएको छ ।

फलेवास नगरपालिकाले हात्ती पाइले रोगमुक्त नगरपालिका बनाउनको लागि आज (बुधबार) कार्यशाला गोष्ठिको आयोजना गरेको छ । नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीका प्रमुख तथा प्रतिनिधिहरुसँग हात्ती पाइले रोग निवारण सम्बन्धी सो गोष्ठिमा अन्तरक्रिया गरिएको हो ।

फलेवास नगर प्रमुख पदमपाणी शर्माले हात्ती पाइले रोग निवारण सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी नगरपालिकालाई हात्ती पाइले रोग मुक्त नगरपालिका बनाउनुपर्नेमा जोड दिए । उनले नगरभित्रका सबै नगरबासी यस रोगबाट मुक्त हुनुका साथै स्वास्थ्य रहनु भन्ने आफूले चाहेको बताए ।

हात्ती पाइले रोग विरुद्धको औषधि सेवन अभियानमा कोही पनि नगरबासी नछुट्ने गरी स्वास्थ्यकर्मी परिचालन गरी हात्ती पाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्ने तयारी भएको कार्यक्रम संयोजक बिजय क्षेत्रीले सहारापाटीलाई जानकारी दिए ।

अघिल्ला अभियानहरुमा स्वयंसेवक परिचालन गर्ने गरेको भएपनि यस वर्ष नगरपालिकाले स्वास्थ्यकर्मी नै परिचालन गर्ने तयारी गरेको उनले बताए ।

उक्त कार्यक्रममा उपप्रमुख मन्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा,स्वास्थ शाखाका लालबहादुर थापा लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम को सहजीकरण कार्यक्रम संयोजक बिजय क्षत्रीले गरेका थिए ।

प्रत्येक वडामा अभिमुखिकरण तालिमको आयोजना गरी सोही अनुसार हात्ती पाइले रोग निवारण सम्बन्धी अभियान चलाउने बताइएको छ ।