बैशाख १०, काठमाण्डौ । मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । सोमबार खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४६ पैसा तोकिएको छ । हिजो सोमबार कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९५ रुपैयाँ १२ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको थियो ।