साउन ७, काठमाडौं। मेघा बैंकले संचालनको नवौं वर्ष पार गर्दासम्म खुद मुनाफा आर्जनमा ७० गुणाले वृद्धि गरेको छ। बैंकको ९ औं वार्षिकउत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले उक्त जानकारी दिएका हुन् ।

बैंकले विगत ९ वर्षसमको अवधिमा शाखा संजालमा ८ गुणा, एटिएम संजालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा फड्को मारेको बैंकका अध्यक्ष शाहले बताए । त्यस्तै खुद मुनाफामा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले वृद्धि गरेको उनले बताए।

नेपाल राष्ट्र बैंकले विग मर्जरलाई जोड दिएको सन्दर्भ जोड्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरमा जाँदा बैंकको चुक्ता पुँजी कम्तिमा १७/१८ अर्ब पुग्ने भएकोले त्यस्तो अवस्थामा संचालक ७ जनाले नै चलाउन सक्लान भन्दै प्रश्न गरे ? चुक्त्ता पुजी अनुसार बैंक संचालक संख्यामा पनि नेपाल राष्ट्र बैंकले पुन: विचार गर्नुपर्नेमा उनले जोड दिए ।मेघा बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर कमिटी बनाएर अगाडी बढेको उनले बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मर्जरको ५० प्रतिशत काम सकिसकेको बताईन्। बैंकले मर्जरको तीब्र तयारी गरिरकेको बताउँदै सीइओ खुञ्जेलीले अब ५० प्रतिशत काम मात्रै बाँकी भएको जानकारी दिईन्। मर्जरको ५० प्रतिशत काम सक्यौं, बाँकी ५० प्रतिशत जनशक्ति व्यवस्थापनको विषय टुंगिएको छैन, यसलाई टुंग्याउन काम भइरहेको छ उनले भनिन्।'

एक शाखा, एक छोरी छात्रबृत्ति घोषणा

उक्त कार्यक्रममा सिइओ खुञ्जेलीले एक शाखा, एक छोरी छात्रवृत्ति घोषणा गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १-१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने गर्नेछ। कार्यक्रममा बैंकले डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

गत आर्थिक वर्षमा निक्षेप संकलन ८२ अर्ब र कर्जा प्रवाह ७३ अर्ब पुगेको बैंकले जनाएको छ । एक वर्षमा ग्राहक संख्या गत वर्ष १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको बैंकले जनाएको छ । यस अवधिमा कर्जाको आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको बैंकले जनाएको छ। बैंकका देशभर १०२ शाखा र १९ एक्टेन्सन काउन्टर रहेका छन् ।