2026-07-08 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा निर्माण कार्य नसकिदै भत्कियो क्षेत्रीय खेलमैदानको पर्खाल

2019-07-23

सम्राट सिंह  | साउन ७, बझाङ  | जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरको श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा  निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ ।

सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल निर्माण कार्य नसकिदै भत्किएको हो ।

उक्त खेलमैदान जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष केश बहादुर रोकाया, स्थानिय पार्वती जोशी, दिपक राम जोशी र रेडक्रसका मन्त्री इश्वरनाथ जोशी गरी ४ जनाको निर्माण समिति गठन गरी निर्माणको जिम्मा दिइएको थियो । 

निर्माण हुन थालेको खेलमैदानको पर्खाल भत्किएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएका छन । जयपृथ्वी नगरपालिका भोपूरका स्थानियबासी तथा प्राविधिक हरिशंकर जोशीले निर्माण कार्य नसकिदै पर्खाल भत्किएको बारे सामाजिक संञ्जालमा “खेलमैदानको पर्खाल कसको कमजोरी कारण भत्केको हो आवश्यक छानविन गरी दोषिलाई कडा कारबार्हिको माग गरेका छन” |  

खेलमैदान निर्माण समितिका सदस्य दिपकराम जोशीले भने निर्माण समितिले पनि स्थानिय दिनेश रोकायालाई निर्माणको जिम्मा दिएका थियौ, भत्किएको पर्खाल पुनः निर्माण गरेपछि मात्र रकम भुक्तानी दिइनेछ । 

सामाजिक मन्त्रालयबाट जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा एक –एक वटा खेल मैदानका लागि रकम विनियोजन भएको थियो । जसमा क्षेत्र नम्बर १ को जयपृथ्वी नगरपालिका ११ को भोपुरमा र क्षेत्र नम्बर २ को बित्थड चिर गाउँपालिकामा खेलमैदान निर्माण कार्य अघि बढेको थियो ।

४ जनाको खेलमैदान निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाएका थियौ सत्यवादी उच्च माध्यामिक विद्यालयका प्राचार्य रामदत्त जोशीले भने पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किएको हुँदा निर्माण समितिले भत्किएको पर्खाल पुनः निर्माण गरे पश्चात मात्र रकम भुक्तानी दिइने बताए ।  

तस्बिरमा : जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा अवस्थित श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा निर्माण भइरहेको खेलमैदानको पर्खाल भत्किएको |  तस्बीर : सम्राट सिंह 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो