Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जलेका घर त बने तर, खाने मेलो बनेन

२०७६, ७ श्रावण मंगलवार ०९:४२

तारानाथ आचार्य | साउन  ७, बाग्लुङ (रासस) |  बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र घर पठाउँथे ।

त्यसैमा उनी खुशी नै थिए । गत वर्ष मङ्सिर ९ गते एकाबिहानै उनले दुःखद समाचार सुने । विभिन्न सञ्चार माध्यममा आएको त्यस समाचारले उनको मन दुःखको भारीले मात्रै थिचिएन, जेनतेन चलेको रोजगारी छोडेर बिक नेपाल हानिए ।

मङ्सिर ९ गते बिहान ३ बजे नवी गाउँमा भएको आगलागीमा बिकको घर जल्यो । परदेशमा काम गरिरहेका बेला आफ्नै घर जलेको सुनेका बिकले बेसुरमा परिवारलाई फोन गर्ने प्रयास गरेको सुनाए । सम्पर्क नभएर उनी झन् आत्तिएका थिए । कतारको रोजगारी त्यागेर नेपाल फर्किने निधो गरिसकेपछि मात्रै उनले परिवारबाट खबर पाए । सिङ्गो गाउँका ४८ घर जल्दा बिकको घर पनि खरानीमा परिणत भएको थियो । चिसो समय भएकाले घुम्ती बसाइ सरेर बस्ने नवी गाउँका सबै बासिन्दा ढोरपाटन नगरपालिका–८ बोबाङ झरिसकेका थिए ।

“बेंसी झरेकी बूढीको फोन लागेन, घर जलेको खबरले कतार बस्नै मन लागेन,” बिकले भने “उसको फोन लाग्ने बेलासम्म मैले घर फर्किने निधो गरिसकेको थिएँ ।” चिसो छल्न बोबाङ झरेका कारण त्यहाँ मानवीय क्षति भने हुन पाएन । जलेको घर फेरि बनाउने र परिवारलाई खुशी राख्ने सपना बोकेर नेपाल फर्केका बिकको अहिले नवी गाउँमा नयाँ घर बनेको छ । सुन्दर घर बनाउने सपना बोकेर अरबको तातोमा काम गर्दागर्दै भएकै घर जलेपछि पुनःनिर्माणको लागि आफू घर फर्किएको बिक बताउँछन् ।

नगरपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले पुनःनिर्माणका लागि रकम उपलब्ध गराएपछि नवी गाउँमा ३९ घर बनेका छन् । आगलागीका कारण मासिएका घर बनाउन नवी गाउँवासीले नगरले दिएको अनुदान र ऋणधन गरेर घर ठड्याएका छन् । जसोतसो बनाएको घरमा बास बसेको भए पनि बिहान बेलुका खाने गाँसको समस्याले भने नवी गाउँवासीलाई पिरोल्ने गरेको छ ।

“खाने मेसो त खोसियो तर, घर बनेको छ,”बिकले भने –“घर बनाउन नगरपालिकाले पैसो दियो, खाने अन्न भने छैन ।” ढुङ्गामाटोले बनेको घरमा जस्ताको छानो हालिएको छ । “घर जल्दा घरभित्र भएका अन्नपात र भाँडावर्तन सबै जलेका छन्,” नवी गाउँका देवीलाल बिकले भने –“घर त बनाइयो अब गुजारा कसरी गर्नु ?” 

चिसो छल्नकै लागि बोबाङ झरेका बेला नवी गाउँमा भण्डारण गरिराखिएका आलुको बीउ समेत मासिएकाले उनीहरु मर्कामा परेका हुन् । नवी गाउँका सबैको बारीमा आलु मात्रै फल्छ । वर्षात्मा फलेको आलुलाई हिउँदको समयमा बेसी झरेर अन्नपातसँग साटी त्यहाँका स्थानीय बासिन्दाले गुजारा चलाउने गरेका छन् । “चिसो सकिएपछि लगाउने भनेर राखेको आलुको बीउ खरानी भयो,” स्थानीयवासी दिलमाया बिकले भनिन् –“बीउ किनेर आलु लगाउँदा ऋण लागेको छ । घर छ तर, भकारी खाली छ ।”

 नवी गाउँ अहिले नीलो जस्तापाताको छानाले भरिएको छ । मङ्सिरमा आगलागीका कारण क्षति भएका ४८ घर निर्माणका लागि ढोरपाटन नगरपालिकाले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेर काम थालेको थियो । नगरपालिकाले भनेको जस्तो एकीकृत बस्ती निर्माण नभए पनि नवी गाउँमा ३९ नयाँ घर बनेका छन् । “घडेरीका कारण एकीकृत बस्ती बनाउन सकिएन,” ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने –“चैतदेखि पुनःनिर्माण थालिएको नवी गाउँ पहिलेकै जस्तो भएको छ ।” 

नयाँ घर बनाउन नगरपालिकाले प्रत्येक परिवारलाई एक लाख रुपैयाँ अनुदान दिएको थियो । अडचालीस घरपरिवारमध्ये एकै व्यक्तिका दुईवटा घर पनि भएकालाई कुनै एक घरका लागि मात्रै अनुदान रकम उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । बन्नु पर्ने ४१ घरले पेश्कीबापत पहिलो किस्ताको रकम लगेका थिए । अहिले पनि दुई घर निर्माणको चरणमा छन् । कुल १९ मिटर लम्बाइ र १३ मिटर चौडाइ भएको दुई कोठे घर निर्माण गर्ने गरी नगरपालिकाले सहयोग गरेको हो ।

सबै घरको छानाका लागि ढोरपाटन नगरका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा जस्तापाता उपलब्ध गराएका हुन् । आगलागीका कारण मासिएको सिङ्गो गाउँ पुनःनिर्माणसँगै जुरुक्कै उठेको भए पनि घरभित्रका समस्यामा कसैले चासो नदेखाएको स्थानीय युवा धनबहादुर बिक बताउँछन् । “हामीसँग रोजगारी छैन, खेतीपातीको नाममा आलु मात्रै हो,” बिकले भने –“बीउ नै मासिएको भए के लगाएर खान्छौं भनेर कसैले सोधेन ।” गाउँ नै मासिने गरी आगलागी कसरी भयो भन्ने अहिलेसम्म पत्तो लागेको छैन । छरिएर रहेका घरहरुमा समेत जोडिएर रहेका घरमा जस्तै आगो लागेकाले नियतवश कसैले आगो लगाइदिएको हुनसक्ने आशङ्का गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित