साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्य सम्पादन सम्झौता गरेका छन् । मन्त्रालयमा एक आयोजित कार्यक्रमका विच श्रम मन्त्री विष्ट र सचिव दहालले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ। यसैगरी सहसचिवहरुले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरेका थिए । कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्याउने विश्वाश व्यक्त गरेका छन् ।

सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए । मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।