Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > गण्डकी प्रदेश > तनहुँ - TNH > पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी
अर्थ/विकासतनहुँ - TNH

पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी

साझासवाल
Last updated: August 30, 2020 4:58 am
By
साझासवाल
Share
3 Min Read
SHARE

भदौ १४, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

ठूला ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुङ्गा हटाउन नसक्दा समस्या आएको हो । उहाँले भन्नुभयो, “ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।”

अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुङ्गा हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् ।

पुरिएको कुवा डेढ महिनापछि सञ्चालनमा

तनहुँको व्यासनगरपालिका–१ धुपखोलामा बाढीले पुरिएको खानेपानीको कुवा करिब डेढ महिनापछि शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । गत असार अन्तिम साता परेको अविरल वर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुवा ढुङ्गा र माटोले पुरिएको थियो ।

उक्त कुवाको पानी चिसो र मिठो रहेकाले विशेषगरी सुक्खा महिनामा सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको स्थानीय भरत अधिकारीले बताउनुभयो । पहिला–पहिला यस कुवाको पानी नै वडावासीले प्रयोग गर्दै आएको र अहिले घरघरमा पानीको धारा जडान भएपछि कहिलेकाहीँ मात्रै पानी लिन आउन थालेको उहाँले जानकारी दिनुभयो ।

वनमा जाने, भदु्रडाँडा जाने र बटुवाले समेत उक्त पानी पिउने गर्ने भएकाले यसको संरक्षणमा स्थानीयवासीले जोड दिँदै आएका छन् । कुनै कारणवश खानेपानीको पाइपमा समस्या आएर धारामा पानी आएन भने त्यही कुवाको पानी प्रयोग गर्ने गरिएको अर्का स्थानीय नवीन अधिकारीले बताउनुभयो । खोलामा आएको बाढीले कुवा पुरेपछि वडाध्यक्ष खरसिं दरैलाई भनेर तत्कालै डोजरको सहायताले कुवामा बाढी नपस्ने गराए पनि कुवा पुरिएको केही भाग सरसफाइ गर्न बाँकी रहेकाले स्थानीयवासी कुवा संरक्षणमा लागेका हुन् ।

यस वडाका चारकुने र रत्यौली टोलका बासिन्दाको सक्रिय सहभागितामा बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो हटाउने र सरसफाइ गर्ने कार्य गरिएको चारकुने टोल विकास संस्थाका कोषाध्यक्ष चन्द्रकला मिश्रले बताउनुभयो । वडाभित्र रहेका पाटीपौवा, कुवा धारालगायतका सम्पत्तिको संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने हुँदा आफूले पनि यस कार्यमा सहभागिता जनाएर काम गरेको रत्यौली टोलका राजेश न्यौपानेले बताउनुभयो ।

बर्सात रोकिएपछि पुरिएको कुवा मर्मतसम्भार गर्ने योजना रहे पनि वडामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मर्मत रोकिएको चारकुने टोल विकास संस्थाका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसीले जानकारी दिनुभयो । स्थानीयवासीले कुवा मर्मतमा चासो देखाए पनि वडा नजिकै एकै घरका पाँच जनामा कोरोना पुष्टि भएसँगै व्यास नगरपालिकाले लकडाउन गरेपछि उक्त कार्य रोकिएको हो । उहाँले भन्नुभयो, “लकडाउन खुलेसँगै मर्मत तथा सरसफाइ कार्य गरियो ।” रासस

Share This Article
Email Copy Link Print
Previous Article सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
Next Article कुल सङ्क्रमितमध्ये ४१ प्रतिशत एउटै अस्पतालमा
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.