<p><b>फागुन १६, काठमाण्डौ ।</b> आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३पैसा तोकेको छ । <br></p><p>आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट आज १ को खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ ।</p><p>यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७० पैसा रहेको छ |</p>
