Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

२०७६, २४ चैत्र सोमबार ११:०७

चैत २४, काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षे कार्यकालको लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका अधिकारीलाई गभर्नरको जिम्मेवारी दिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ । अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए । 

प्रदेश १ को खोटाङमा जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका छन् भने १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका छन् । २०४२ सालमा राष्ट्र बैंकको जागिरे बनेका अधिकारीले २०७२ पुसमा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका थिए । ९ असार २०७३ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्ति पाएका थिए ।

हालसम्मका १६ गभर्नर

१. हिमालय सम्शेर जबरा

२. लक्ष्मीनाथ गौतम

३. प्रद्युम्नलाल राजभण्डारी

४. डा. भेष बहादुर थापा

५. डा. यादव प्रसाद पन्त

६. कुलशेखर शर्मा

७. कल्याण विक्रम अधिकारी

८. गणेश बहादुर थापा

 ९. हरिशंकर त्रिपाठी

१०. सत्येन्द्र प्यारा श्रेष्ठ 

११. डा. तिलक बहादुर रावल

१२. दिपेन्द्र पुरुष ढकाल

१३. विजयनाथ भट्टराई

१४. दिपेन्द्र बहादुर क्षेत्री

 १५. युवराज खतिवडा

१६. डा. चिरञ्जीवी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै