भदौ ८, काठमाडौं । वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं । वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन्"/>
2026-09-24 06:48 AM
काठमाडौँ - KTM

ठगी गर्ने म्यानपावरविरुद्ध किन एउटै मुद्दा हालेन सरकारले ?

भदौ ८, काठमाडौं । वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन् । ठगी रोक्न भन्दै सरकारल विदश जाने युवालाई रोजगारदाताले नै फ्रि भिसा र टिकट दिनुपर्ने निर्णय पनि गर्‍यो ।

तर, यो निर्णय लागू गर्न सरकार र म्यानपावर व्यवसायी जिम्मेवार नहुँदा विदेश जाने युवा ठगिने क्रम घट्दो नभइ बढ्दो दरमा देखिएको छ । ठगिने अधिकांश युवाले थप झन्झटमा फसिने भन्दै सरकारमा ठगी गर्ने विरुद्ध उजुरी गर्दैनन् । तरपनि आफूसँग रकम ठगिएको भन्दै उजुरी दिनेको संख्या भने सानो छैन ।

वैदेशिक रोजगार विभागमा गत आर्थिक वर्ष २०७२/७३मा मात्रै २ हजार १ सय ७२ वटा ठगीका उजुरी दर्ता भए । कतिपय उजुरी व्यक्तिगत रुपमा भए भने कतिले समूहमा उजुरी दिए ।

उजुरी गर्नेहरुले आफुसँग ६९ करोड ५० लाख ९६ हजार रुपैयाँ ठगिएको जानकारी सरकारलाई गराएका थिए । यसमध्ये विभागले ठगी गर्नेहरुबाट १० करोड ३६ लाख ७८ हजार रुपैयाँ बिगो भराएको छ ।

यसक्रममा ५ सय २० वटा मुद्धा फस्र्यौट भएका छन् । तर, ठगीको अनुपातमा भराइएको बिगो निकै न्युन देखिएको छ । झन ठगीमा संलग्न म्यानपावरविरुद्ध त एउटा पनि मुद्धा वैदेशिक रोजगार न्यायधीकरण पुगेको छैन । केही फरार दलालविरुद्ध भने विभागले मुद्धा चलाएको छ ।

म्यानपावरले २२ करोड ठगे, ४ करोड तिरे

गतवर्ष म्यानपावरहरुले २१ करोड ९७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी पर्‍यो । तर, विभागका कर्मचारीले म्यानपावरले गरेको ठगीलाई यसरी जोगएको देखियो कि जम्मा ४ करोड ८० लाख रुपैयाँ मात्रै पीडितले ठग्ने म्यानपावरबाट फिर्ता लिन सकेका छन् ।

यसक्रममा झण्डै ४ सय २६ मुद्धा फस्र्यौट भएका छन् । झण्डै २१ करोड ४९ लाख रुपैयाँ म्यानपावरले त्यसै पचाउन पाएका छन् । संख्यामा धेरै मुद्धा फस्र्यौट गरेपनि पीडितलाई ठगिएको रकम दावी भन्दा निकै कम पिर्ता गराइएको छ ।

विभागले फितलो अनुसन्धान गर्ने र म्यानपावरहरुलाई उन्मुक्ति दिने गर्दा पीडितले ठगिएको रकम फिर्ता पाउने अवस्था एकदमै न्युन बनेको छ । विभागका अधिकारीहरु म्यानपावरको आर्थिक प्रभावमा पर्ने भएकाले म्यानपावररुले ठगेपछि त्यो रकम कुनै हालतमा फिर्ता लिन नसकिने पीडितहरुको गुनासो छ ।

दलालले पचाए ४२ करोड

ठगी गर्न विभिन्न दलालहरु पनि उत्तिकै सक्रिय छन् । गतवर्ष यस्तै व्यक्तिगत रुपमा आफू म्यानपावर सञ्चालक भएको भन्दै ठग्ने पनि घटेनन् । 

गतवर्ष यस्तै दलाले ठगेको भन्दै ४७ करोड ५३ लाख रुपैयाँ बिगो भराइदिन दावी पर्‍यो । तर, विभागले यस्ता ठगी गर्नेहरुसँग ५ करोड ५६ लाख रुपैयाँमात्रै असुलेर पीडितलाई दिन सक्यो ।

यसक्रममा ९४ वटा मुद्धा फरफारक भए । पीडितको ४२ करोेड रुपैयाँ ठगी गर्नेले नै सजिलै कमाएको देखिन्छ । यस्ता दलालहरुसँग कर्मचारीको साँठगाठ तथा यिनै माथि राजनीतिक संरक्षण हुने कारण पीडितलाई ठगिएको रकम पनि फिर्ता गराउन नसकेको पीडितहरुको आरोप छ ।

आफू म्यानपावरबाट ठगिएको भन्दै १ हजार ४ सय ६८ वटा उजुरी विभागमा दर्ता भए । दलालले ठगेको दावीसहितको उजुरीको संख्या ७ सय ४ थियो । तर, विभागले ठगीको आरोपमा एउटा पनि मुद्धा न्यायधिकरण्मा दर्ता गराएको छैन

यो तथ्यांक केही बाठा युवाले गरेको उजुरीका आधारमा बनेको हो । विदेशिने बाहनामा ठगिएका अधिाकंश युवाले त उजुरी नै दिने गरेका छैनन् ।

तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्धा मामिलामा थपक रकम खर्च हुने भन्दै उनीहरु चुप बस्छन् । हतारमा विदशे जान लाग्दा ठगिएकाहरु त्यो लफडामा नपर्ने भन्दै फेरि विदशे जान अर्को प्रक्रिया थालिहाल्छन् । त्यसैकारण धेरै ठगीका घटना सरकारको जानकारीमा आउँदैन ।


म्यानपावरलाई मुद्धा हालिँदैन

विदेश पठाउने भन्दै ठगी गर्ने म्यानपावर र दलालहरुको सन्दर्भमा अर्को रोचक तथ्यांक पनि छ । गतवर्ष आफू म्यानपावरबाट ठगिएको भन्दै १ हजार ४ सय ६८ वटा उजुरी विभागमा दर्ता भए । दलालले ठगेको दावीसहितको उजुरीको संख्या ७ सय ४ थियो ।

तर, विभागले ठगीको आरोपमा एउटा पनि मुद्धा न्यायधिकरण्मा दर्ता गराएको छैन । गतवर्ष विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुरुप जम्मा ४ वटा म्यानपावरविरुद्ध वैदेशिक रोजगार न्यायधीकरणमा कागजात किर्तेको अभियोगमा मुद्धा चलाएको छ । यी चारवटैको मुद्धा रकम ठगी बारेको हैन ।

विभागले एकैवर्षमा झण्डै २२ करेाड ठगी गरेको भन्दै दर्जनौं म्यानपावरमाथि उजुरी परे पनि एउटै मुद्धा न्यायधीकरणमा लगेको छैन । केहीमाथि समान्य विगो भराएर थप ठगी गर्न प्रोत्सहान गरिएको आरोप पीडितहरुको छ । कतिको मुद्धालाई त्यसै ‘डिसमिस’ गराएको पीडित युवाहरुको आरोप छ ।

२१ करोड ९७ लाख रुपैयाँ ठगीको उजुरी पर्दा ४ करोड ८० लाख रुपैयाँ मात्रै बिगो तिराइएपछि म्यानपावरले थप प्रोत्साहित भएर युवालाई ठग्ने निश्चित भएको छ । विभागले नै मुद्धा दायर गरेर फस्र्यौट गर्न ढिलाइ गर्दा ठगिएकाले थप निराशा भोग्नुपरेको छ ।

दलाल पनि चोखै

तपाईंलाई थप जिज्ञासा हुन सक्छ ठग्ने सबै दलालविरुद्ध मुद्धा चल्यो त ? विभागको तथ्यांकले त्यस्तो पनि देखाउँदैन । अर्थात अधिकांश ठगी गर्ने व्यक्तिहरुले पनि त्यतिकै उन्मुक्ति पाएका छन् । 

दलालविरुद्धका ७ सय ४ वटा उजुरीमध्ये विभागले २ सय २२ वटा मुद्धा न्यायधीकरणमा दायर गरेको छ । अदालतमा ३७ लाख ८७ हजार रुपैयाँ बिगो भराउन भन्दै मुद्धा दायर गरिएको हो ।

तर, म्यानपवरविरुद्धका ४ मुद्धामा एक रुपैयाँ बिगो दावी गरिएको छैन । ति मुद्धाहरु रकम ठगी भन्दा बाहेका देखिन्छन् । तथ्यांकलाई आधार मान्दा विदशे पठाउने नाममा ठगी भएका अधिकांश उजुरीहरु विभागमै पीडितको ठगिएको रकममध्ये केही अंश दिलाएर मिलाइन्छ भने जस्तो अवस्थमा पनि म्यानपावर विरुद्ध मुद्धा अदालतमा भने लगेको देखिँदैन् । 

फरार रहेका दलालहरु विरुद्ध भने मुद्धा न्यायधीकरणमा पुगेको देखिन्छ । तर, सरकारले म्यानपावरबाट हुने ठगीलाई भने नदेखेको जस्तै गरिदिने गरेको तथ्यांकबाटै स्पष्ट हुन्छ ।

किन जाँदैन अदालतमा मुद्धा ?

विभागका कानुन निर्देशक गोविन्द उपाध्याय भने म्यानपावरविरुद्ध न्यायधिकरणमा जाने मुद्धाको प्रकृति ऐनले तोके बमोजिम हुने बताउँछन् । त्यसैकारण अधिकांश उजुरीमा पीडितलाई बिरोग दिलाएर फस्र्योट गरिएको उनको दाबी छ ।  

‘यसपाली अदालत गएका म्यानपावर विरुद्धका मुद्धा सबै अख्तियारले छानविन गरेर किर्तोमा संलग्नहरु विरुद्ध हो,’ उपाध्यायले भने, ‘म्यानपावरविरुद्धका मुद्धा प्रायः अदालत लैजाने प्रकृतिका हुँदैनन् ।’

उनकाअनुसार प्रायः विदेशबाट फर्किएर आफूले भनेअनुसारको पारिश्रमिक नपाएको भन्दै म्यानपावहरुविरुद्ध मुद्धा पर्छ । त्यसैले त्यस्ता मुद्धामा बिगो भराएर म्यानपावरलाई कारवाही गर्ने गरेको दाबी उपाध्यायको छ ।

आथिर्क वर्ष २०७१/७२मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्धा विभागले अदालत लगेको थिएन । त्यसवर्ष एउटा मुद्धा किर्तेको अभियोगमा अदालत पुगेको थियो । 

बिगत दुईवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायधीकरणमा पुर्‍याएको छैन । त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्धा दायर भएका थिए ।

यो आर्थिक वर्षमा भने अख्तियारको अनुसन्धानपछिको निर्देशनका आधारमा विभागले किर्तेविरुद्ध भने मुद्धा अदालतमा पुर्‍याएको छ । तर, युवाहरुलाई ठगिएको एउटा पनि म्यानपावरविरुद्ध मुद्धा अदालतमा फाइल भएका छैनन्। यो सबै आर्थिक चलखेलका कारण हुने गरेको पीडितहरुको आरोप छ । -अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी