भारतमा अलपत्र नेपालीहरुको लागि गोकर्ण विष्टले पठाए सहयोग

साझासवाल
2 Min Read

जेठ १२, दिल्ली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी जिल्ला क्षेत्र न. २ का सांसद गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली समुदायमा राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट "द वर्नईन नेपाल युथ क्लब, दिल्ली"को संयोजनमा भारतका अलग अलग राज्यहरु दिल्ली,  उत्तरप्रदेश, महाराष्ट्र, राजस्थान लगायतका स्थानमा बसोबास गर्ने अलपत्र परेका निम्नवर्गीय नेपाली मजदुर वर्गका परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु अहिले वितरण गरिएको हो ।

कोरोना महामारीसगै जारी लकडाउनका कारण भारतका  विभिन्न ठाउँमा रहेका नेपालीहरुको समस्या बढ्दो छ । कतिपय नेपाली कष्टपुर्ण यात्रा गर्दै सिमा सम्म आइपुगेका छन भने अत्यधिक नेपालीको दैनिकी झन झन कष्टपुर्ण बन्दै गएको छ । दुखमा परेका नेपालीहरूलाई लकडाउनको पहिलो चरण देखि नै सहयोग संकलन गरि राहत स्वरुप खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष सुवास केसीले बताए ।

सहयोगलाई पिडित नेपालीहरु माझ पुर्याउनको लागी क्लबले लकडाउनको पहिलो चरण देखि नै दिल्लीबाटै नेपाल सरकारका परराष्ट्र , श्रम, रोजगार तथा सामाजिक सुरक्षा, प्रधानमन्त्री कार्यालय तथा साम्सदहरुलाई समेत पत्राचार मार्फत ध्यानाकर्षण गराउदै आएको केसीले बताए ।

नेपालीहरुको समस्याबारे जानकारी पाएपछी  सांसद गोकर्ण बिष्टले सम्पर्क गरि चासो व्यक्त गरेको र गत साता नै आर्थिक सहयोग पठाएको क्लबले जनाएको छ । क्लबले आइतबार  एक पत्र सार्वजनिक गरि प्रवासी नेपालीको समस्यालाई महत्व दिएर संसदमा उठान गरिदिएकोमा र आर्थिक सहयोग समेत गरेकोमा पुर्व मन्त्री विष्टप्रती आभार समेत व्यक्त गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply