रेमिट्यान्स कारोबारमा राष्ट्र बैंकद्वारा नयाँ नियम लागू

साझासवाल
1 Min Read

जेठ १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा नयाँ नियम लागू गरेको  छ । राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले भनेको छ, ‘विश्वभर रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा ती देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली, खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुनेगरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र त्यो रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरूप भुक्तानी गर्नसक्ने छन ।’

यस्तै विदेशबाट रकम पठाउँदा नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण उपलब्ध गराउनु पर्नेछ ।

Share This Article
Leave a Comment

Leave a Reply