असार १८, काठमाडौं । बीमा समितिले बीमालेख धितो राखेर दिइने कर्जा व्यवस्थामा परिवर्तन गरेको छ । बीमा समितिले बुधबार जीवन बीमा कम्पनीको लागि निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिंदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गरेको छ ।

एकल बीमालेखमा भने यो व्यवस्था लागु नहुने समितिले जनाएको छ । यसअघि बीमा अभिकर्ताले आर्थिक वर्ष समाप्त हुने महिना असारमा बीमा गराउने र अघिल्लो वर्षको साउनदेखि बीमाको जोखिम बहन गर्ने व्यवस्था अन्तर्गत बीमा गरेको अर्को महिना नै ऋण दिने व्यवस्था थियो ।

बीमा समितिले बीमा गरेको २ वर्षपछि मात्र ऋण लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यस्तै बीमा समितिले बीमालेख एक आर्थिक वर्षको लागि मात्र ब्याकडेट गर्न सकिने व्यवस्था गरेको छ ।