साउन ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुन मुद्राको कति दररेट हेर्नुहोस्