<p><b>भदौ ४, काठमाडौँ ।</b> सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । <br></p><p>हिजो घटबढ नभएको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।</p>
