<p><b>कार्तिक २७, काठमाडौँ |</b> बिहिबार सुनको मूल्य घटेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम भएको छ |<br></p><p>महासंघका अनुसार आज चाँदीको मुल्यभने स्थिर रहेको छ | बिहिबार प्रतितोला चाँदी १२ सय २० मा कारोबार भइरहेको छ | यसअघि सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार २ सय कायम भएको थियो |</p><p>भने साताको पहिलोदिन ९७ हजार ७ सयमा कारोबार भएको थियो |</p>
Related News


