<p><b>पुस १२, काठमाडौँ ।</b> गत आर्थिक वर्षको मुनाफाबाट गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।<br></p><p>बैंकले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।</p><p>उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।</p>
