2026-09-27 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने: ‘धेरै साहसी मानिस’

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

उनले जेलेन्स्कीका लागि ‘धेरै सम्मान’ भएको बताए। बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकामा माफी माग्नुहुन्छ कि भनेर सोधेको थियो। जवाफमा ट्रम्पले आफूले त्यस्तो भनेँ होला भनेर विश्वासै नलागेको बताए।

उनले जेलेन्स्कीलाई ‘धेरै साहसी मानिस’ भनेका छन्। युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने विषयमा बेलायती प्रधानमन्त्री कियर स्टारमरसँगको वार्तापछि ट्रम्पले जेलेन्स्केकी तारिफ गरेका हुन्। ट्रम्पले शुक्रबार जेलेन्स्कीसँग ह्वाइट हाउसमा हुने भेटघाट निकै राम्रो हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्की अमेरिका आउने आशा व्यक्त गरेका थिए भने जेलेन्स्कीले पनि आफू ट्रम्पलाई भेट्न शुक्रबार त्यसतर्फ जाने सम्भावना रहेको बताएका थिए। युक्रेनले अमेरिकालाई खनिज दिने सम्बन्धमा दुई देशबीच प्रारम्भिक सम्झौता भएको छ।

अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति जनाए पनि युक्रेनले कति मूल्यको खनिज दिने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ।

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ। युक्रेनसँग १.९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै युरोप लिथियम भण्डारको एकतिहाइ युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेका ब्याट्री निर्माणमा उपयोगी हुन्छ। त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ।

युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह