<p><b>माघ १, काठमाडौँ</b> <b>|</b> बिहीबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा प्रतितोला रु ८ सयले घटेर आज छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |<br></p><p>प्रतितोला सुन बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो | महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ | त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ |</p><p>बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |</p>
