२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक संस्थानमा २८ हजार रोजगारी

२०७८, १५ जेष्ठ शनिबार ०६:१५

जेठ १५, काठमाडौँ | सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।

औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको सङ्ख्या आव २०७५/७६ मा दुई हजार १५६ रहेकामा आव २०७६/७७ मा कमी आई एक हजार ९५९ पुगेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थितिमा उल्लेख छ । सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आव २०७५/७६ को तुलनामा एक दशमलव ३० प्रतिशतले कमी आएको छ । 

आव २०७६/७७ मा सार्वजनिक संस्थानको प्रत्यक्ष रोजगारीले नेपालको कूल रोजगारी ७० लाख ८६ हजारको शून्य दशमलव चार प्रतिशत हिस्सा ओगटेको छ । सार्वजनिक संस्थानको उत्पादन तथा बिक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण अप्रत्यक्ष रूपमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न मद्दत पुर्याएको अर्थ मन्त्रालयले जनाएको छ । 

विसं २०७७ असार मसान्तमा कायम रहेका ४४ संस्थानमध्ये नेपाल सरकारको अधिकांश स्वामित्व भएका ३३ संस्थान कम्पनी ऐन, सात संस्थान विशेष ऐन, दुई सञ्चार संस्थान ऐन, एक सहकारी ऐन र एक संस्थान ऐनबमोजिम स्थापना भएका छन् । त्यस्तै हाल अस्तित्वमा रहेका संस्थानमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत १४, अर्थ मन्त्रालयअन्तर्गत नौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पाँच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत तीन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत तीन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तीन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत दुई, वन तथा वातावरण मन्त्रालयअन्तर्गत दुई, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एक/एक संस्थान रहेका छन् ।

अस्तित्वमा रहेकामध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका, दुई संस्थानको कारोबार शून्य रहेको र १८ संस्थानले घाटा व्यहोरेको मन्त्रालयको तथ्याङ्क छ । त्यस्तै ४४ संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका २३, अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व) मा रहेका २१ रहेका छन् । सामाजिक क्षेत्रमा रहेका सबै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ ।

आव २०७६/७७ को संशोधित कूल गार्हस्थ्य उत्पादन रु ३९ खर्ब १४ अर्ब ७० करोडमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १० दशमलव ९५ प्रतिशत रहेको छ । आव २०७६/७७ मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कूल रु १९ अर्ब ३६ करोड ८८ लाख आयकर दाखिला गरेको मन्त्रालयले जनाएको छ । आव २०७६÷७७ मा संस्थानको कूल आय गत वर्षको तुलनामा छ दशमलव ९१ प्रतिशतले घट्न गई रु चार अर्ब ६० करोड ३८ लाख रहन गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा