गायिका सेलेना गोमेज आमा बन्न नसक्ने

Posted on: 18 Sep, 2024

असोज २, काठमाडौँ । अमेरिकी गायिका तथा व्यवसायी सेलेना गोमेजले हालै एक अन्तरवार्तामा आफू कहिल्यै आमा बन्न नसक्ने खुलासा गरेकी छिन्। ३२ वर्षीया गायिका सेप्टेम्बरको सुरुमा ब्लूमबर्गको अर्बपतिहरूको सूचीमा स्थान पाउन सफल भएकी थिइन्, तर केही दिनपछि उनले आफ्ना स्वास्थ्य समस्याका कारण भविष्यमा सन्तान जन्माउन नसक्ने जानकारी दिइन्।


गोमेजले भनेकी छिन्, "दुर्भाग्यवश, मैले आफ्नै सन्तान जन्म दिन सक्दिनँ भन्ने कुरा थाहा पाउँदा लामो समयसम्म म भावनात्मक रूपमा आघातमा रहेँ।" 

सेलेना आमा बन्न नसक्नुको कारण उनलाई लागेको लुपस नामक अटोइम्यून रोग छ । यही रोगका कारण उनले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गर्नुपरेको थियो । यस रोगमा प्रतिरक्षा प्रणाली अति सक्रिय हुन्छ र शरीरका अंग र तन्तुहरूलाई शत्रु सम्झेर आक्रमण गर्न थाल्छ । यसका कारण इन्फ्लेमेशन हुन्छ अर्थात् शरीर सुन्निन थाल्छ । त्यसपछि मृगौला, फोक्सो र मुटु जस्ता महत्त्वपूर्ण अंगहरूलाई असर गर्छ । यसले गर्भावस्थालाई पनि असर गर्ने सम्भावना रहेको बताइन्छ।

सेलेनाले आमा बन्ने आफ्नो सपना त्याग्नुपरेकोमा दुखेसो पोख्दै, आफ्नो स्वास्थ्यका कारण बच्चाको जीवन खतरामा पर्ने डरले यस्तो निर्णय लिनुपरेको बताएकी छिन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!