काठमाडौँ म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ । काठमाडौँको म्हैपीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

गएराति काठमाडौँ महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोरमा 

बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

मृत्यु हुनेमा बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का छन्।

दुर्घटनामाा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडी सवार अर्का एकजना घाइते भएका छन्।

उनको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!