आमाको किरियाका लागि विदेशबाट आएको छोरा धान खेतमा मृत अवस्थामा फेला

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ । आमाको किरियाका लागि घर फर्केका एक युवक मृत अवस्थामा फेला परेका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुली बजारका २७ वर्षिय इश्वर पोखरेल बुधबार विहान मृत अवस्थामा फेला परेका हुन ।


विहान ७ बजे तीर पोखरेलको मृतशरीर घरबाट ३ सय मिटरको दुरीमा रहेको घुरन चौधरीको धान खेतमा फेला परेको प्रहरीले जनाएको छ । १ महिना अघि मृतक पोखरेलकी ५० वर्षिया आमा कल्पनाले आत्महत्या गरेकी थिइन । रोजगारीका शिलशिलामा विदेशमा रहेका इश्वर आमाको मृत्युको खबर पाए पछी २ साता अघि मात्र घर फर्केका थिए ।

अघिल्लो दिन साँझ मंगलवार विश्वकर्मा पूजाको अवसर पारेर गाउँमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ यूवाहरुको दुई समुह बीच झडप भएको स्थानीयहरु बताउँछन । यद्धपी झडपमा पोखरेलको संलग्नता भए–नभएको खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले पोखरेलको शव पोस्टमार्टमा लागी गजेन्द्र नारायण सिह अस्पताल पु¥याई घटनाबारे सूक्ष्म अनुसन्धान भईरहेको बताए । केही दिन कै फरकमा आमा–छोराको रहस्यमय मृत्यु भएपछी आफन्तका साथै वडावासी पनि शोकमा डुबेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!