फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव स"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु चुनावी प्रक्रिया सुरु : यस्ता छन् १० संगठनका निर्णय

२०७३, १ फाल्गुन आईतवार ०२:५५

फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको खबर छ ।

त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ ।

नेविसंघका असन्तुष्टदेखि साना संगठन विपक्षमा

नेविसंघभित्रको एउटा असन्तुष्ट पक्ष र केही साना संगठनको विरोधका बाबजुद चुनावी प्रक्रिया सुरु हुन लागेको हो । चुनावको पक्षमा भएका नेविसंघका केही असन्तुष्ट विद्यार्थीले २८ वर्षे उमेर हदबन्दीको विरोध गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले न्याय माग्दा संगठनले बेवास्ता गरेपछि अदालतको आदेश पर्खने बताए । पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा होमिन निर्देशन दिए पनि असन्तुष्टहरूले अटेर गरी तालाबन्दी जारी राखेका छन् ।

शनिवबार विद्यार्थी संगठनको संयुक्त बैठक बसे पनि नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीनिकटको अखिल (क्रान्तिकारी), राप्रविसंघलगायत केही संगठनले १४ फागुनमा हुने चुनावमा सहभागिता नजनाउने भन्दै बैठक बहिष्कार गरेर हिँडेका थिए । पहिले चुनावका विपक्षमा भएका केही संगठन भने शनिबारको बैठकबाट १४ फागुनमा चुनाव गराउने पक्षमा उभिएका छन् ।

यस्ता छन् १० संगठनका निर्णय

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत १० संगठनले विभिन्न चारबुँदे निर्णय गरेका छन् ।

१. त्रिविले १४ फागुनमा हुने घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा पूर्ण सहमति भएको छ । १ फागुनदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविलाई अनुरोध गरेका छन् ।

२. त्रिविले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न–गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । आचारसंहिताविपरीत केही क्याम्पसमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्ना छानबिन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । आचारसंहिता प्रत्येक क्याम्पसमा नियमित अनुगमन गर्न सबै संगठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरेका छन् ।

३. आचारसंहिता वा कहीँ–कतै विवाद भए केन्द्रीय तहबाट समाधान गर्ने निर्णय गरेका छन् ।

४. सम्पूर्ण विद्यार्थीलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्नसमेत अपिल गरेका छन्।

यी संगठन चुनावको पक्षमा

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), तराई मधेस विद्यार्थी फ्रन्ट, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्यनिकट), अखिल (पाँचौँ) स्ववियु चुनावको पक्षमा छन् ।

चुनावमा सहभागी हुन त्रिविको अपिल

त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संघ–संगठनलाई स्ववियु चुनावको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समिति संयोजक प्रा.डा. सुधा त्रिपाठीले प्रेस विज्ञप्ति जारी गरी सबैलाई अपिल गरेकी हुन् ।

‘फागुन १ देखि निर्वाचन प्रक्रिया प्रारम्भ हुन गइरहेको छ । यस सन्दर्भमा सबै विद्यार्थी संघ–संगठनबीच विभिन्न तहमा छलफल पनि भइरहेको छ,’ शिक्षाध्यक्ष त्रिपाठीले भनेकी छिन्, ‘केही असहमतिका कुरा पनि बाहिर आइरहेका छन्, तथापि त्रिविले केही आगामी दिनमा त्यस्ता असहमति भए पनि सम्बोधन गर्दै अघि बढ्ने गरी घोषित निर्वाचनलाई प्रतिबद्धता साथ सम्पन्न गर्न अघि बढेको छ ।’ त्रिविले असहजतालाई सहजतातर्फ लगी सबैलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा