फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, "/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा जीवितै हुँदा पनि मृत्युको हल्ला चल्यो

२०७३, १२ फाल्गुन बिहीबार ०२:०७

फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, यस्ता सूचना पत्याउनै गाह्रो पनि पर्न सक्छ किनकि, सामाजिक सञ्जालमा आउने सूचनाको कुनै आधिकारिकता नभएका घटना थुप्रै छन्। 

यस्तै, एउटा घटनाका रूपमा लिन सकिन्छ, जीवित अभिनेता–अभिनेत्रीको सामाजिक सञ्जालमा मृत्युको हल्ला चल्नु। आइतबार राति पनि त्यस्तै भयो। ट्विटरमा बलिउड अभिनेत्री फरिदा जलालको मृत्यु भएको अफवाह ट्रेन्ड भयो।

आफ्नो मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि फरिदाले एक पत्रिकालाई अन्तर्वार्तामा भनिन्, ‘पहिला त मलाई यो रमाइलो मात्र हो भन्ने लागेको थियो र म चुपचाप बसेँ। तर, केही बेरमै मेरो मोबाइल लगातार बज्न थाल्यो। र, म आफू जिउँदै छु भन्नुुपर्ने भयो।’ यो अफवाह कसरी फैलियो भन्नेबारे फरिदालाई थाहा छैन।

तर, हल्ला निकै चल्न थालेपछि फरिदा ट्विटर एकाउन्ट खोल्न बाध्य भइन् र पहिलो ट्विट लेखिन्– म यहाँ म जीवित छु भन्ने प्रमाणित गर्न आएको हुँ, मेरो मृत्यु भयो भन्ने अफवाह मात्र हो, गलत समाचार फैलाउनबाट रोक्नुस्।तर, जीवित हुँदा नै मृत्युको हल्ला चलेको यो पहिलोपटक होइन।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चनको पनि मृत्यु भएको झुटो खबर फैलियो। त्यतिवेला उनले एउटा फिल्ममा गरेको मृत्युको अभिनयलाई उनको मृत्यु भएको प्रमाण भन्दै फैलाइएको थियो। पहिले सामाजिक सञ्जाल ह्वाट्सएपमा र त्यसपछि ट्विटरमा व्यापक हल्ला भएपछि अमिताभ बच्चन स्वयंले त्यसको खण्डन गरे।

त्यस्तै, र्या‍प गायक हनी सिंहको मृत्युको हल्ला पनि यसअघि चलेको थियो। उनको मृत्यु एक्सिडेन्टका कारण भएको भनिएको थियो। तर, ट्विटरमै हनी सिंहले लेखे, ‘यो सब अफवाह हो, जुन मलाई मन नपराउनेहरूले फैलाएका हुन्।’

त्यसो त यसअघि बलिउड स्टार दिलीपकुमार, लता मंगेसकर, आशा पारेख, माधुरी दीक्षितलगायतको पनि मृत्युको हल्ला चलिसकेको थियो। यस्तो हल्लाको ट्रेन्ड बलिउडमा मात्र होइन, हलिउडमा पनि निकै हुन्छ। जोनी डेप, अर्नाल्ड तथा लेडी गागाका मृत्युका यस्ता अफवाह यसअघि कैयौँपटक फैलिएका थिए। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा