2026-06-29 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा काँग्रेस उम्मेदवारको गाडीमा आगजनी

2017-05-07

बैशाख २४, पोखरा । नेपाली काँग्रेसबाट माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । 

गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२.०० बजेतिर अज्ञात समूहले आगजनी गरेको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार गुरुङले माछापुच्छे« गाउँपालिका लाहाचोकका स्थानीयवासी एवम् पार्टीका क्रियाशील सदस्य मखलाल परियारको गाडी चुनावी प्रयोजनका लागि प्रयोग गर्दै आउनुभएको थियो । 

यसैबीच काँग्रेस कास्कीले आज विज्ञप्ति जारी आगजनीप्रति खेद प्रकट गरेको छ । पार्टीका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा चुनावलाई प्रभावित गर्ने गरी हतास मनस्थितिका साथ गरिएका यस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ । आगामी दिनमा यस्ता कुनै पनि गतिविधि नगर्न पार्टीले चेतावनी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ