प्रचण्ड र नारायणकाजीबीचको बिबादको चुरो यस्तो छ !

साझासवाल
2 Min Read

साउन ३, काठमाडौँ । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनको विषयमा नारायणकाजी श्रेष्ठले फरकमत राख्दै आएका छन् ।

नारायणकाजीको पछिल्लो विरोधबाट सरकार सम्बन्धमा माओवादी केन्द्रमा अझै मतभेद जारी देखिएको छ ।माओवादी स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने निर्णय पार्टीले लिएसँगै आफूलाई जानकारी नै नभएको र यस्तो गर्नु नाजायज भएको विचार सार्वजनिक रुपमा राख्दै आइरहे पनि सरकार ढाल्ने निर्णयमा श्रेष्ठले पहिले नै सहमति जनाएका थिए ।

‘प्रचण्डले नाराणयकाजी श्रेष्ठको सल्लाहअनुसार नै एमाले अक्ष्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ’ स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठले भनेजस्तो सल्लाह नै नगरी प्रचण्डले सरकार ढाल्ने खेल खेलेको भन्ने कुरा गलत हो ।’

‘एमाले पछिल्लो पटक माओवादीसँग धेरै लचक हुँदै थियो, तपाईले हतार हतार सरकारबाट फिर्ता हुने निर्णय गर्नुभयो, मलाई सोध्नु पनि भए, भन्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७३ असार ३१ गते प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष प्रचण्डमाथि खनिएको थाहा भएको छ ।

स्रोतका अनुसार, नारायणकाजीले त्यति भनेपछि प्रचण्डले भने, ‘मलाई पोलिटब्युरो बैठक र दुई पटक बसेको केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्न जिम्मा दिएको होइन, तपाई आफैं हुनुहुन्थ्यो होइन र कमरेड बैठकमा ? प्रचण्डले यति भनेपछि श्रेष्ठ केही मत्थर भए ।- साँघु साप्ताहिक

Share This Article
Leave a Comment

Leave a Reply