साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइतबार केही मन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रधनमन्त्रीले शुक्रबारसम्म सत्ता साझेदार काँग्रेस र माओवादीबाट थप मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर,दुवै दलमा मन्त्री छनोटमा सकस भएपछि ढिलाइ भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अहिले माओवादीबाट तीन, काँग्रेसबाट दुई, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री छन् ।

माओवादी केन्द्रमा मन्त्रीको नाम लगभग टुंगो लागेको छ । मन्त्रीको सूचीमा परेका प्रभु साहले स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् ।

मधेसीलाई समेत विश्वासमा लिएर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले आफूलाई स्थानीय विकास मन्त्रालय दिँदा सहज हुने धारणा साहले राखेको स्रोत बताउँछ ।

माओवादीमा शिक्षा मन्त्रालय कांग्रेसलाई दिएमा मन्त्रीको सूचीमा परेका डिआर पौडेललाई कानून र साहलाई स्वास्थ्यमा पठाउनेबारे छलफल छ ।

माओवादीले जनार्दन शर्मालाई उर्जा, हितराज पाण्डेलाई स्थानीय विकास र राम कार्कीलाई सञ्चारमन्त्री बनाउने लगभग तय गरेको छ । -नयाँ पत्रिका दैनिक