अनियमितता खुलेपछि फाइल नै गायब पारियो

साझासवाल
1 Min Read

भदौ २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले नै कार्यालयको महत्वपूर्ण फाइल गायब पारेको तथ्य बाहिर आएको छ ।

काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टर भवन कानुनविपरीत भएपछि सो भवनसम्बन्धी कागजात नै गायब पारिएको हो । काठमाडौं महानगरपालिकाको नक्सा शाखामा हुनुपर्ने सो भवनको कागजपत्र अहिले हराएको छ ।

रञ्जना गल्लीमा निर्माण गरिएको रञ्जना ट्रेड सेन्टर भवन स्वीकृत नक्सा र भवन संहिताविपरीत रहेको बाताइएको छ । भवन कानुनविपरीत भएपछि सोसम्बन्धी कागजपत्र महानगरपालिकाको कर्मचारीकै मिलेमतोमा गायब पारिएको हो ।

करिब ४ अर्ब रुपैयाँमा बनेको सो भवन कानुनविपरीत भएपछि रञ्जना ट्रेड सेन्टर प्रालि र महानगरपालिकाका कर्मचारीले मिलेर कागजपत्र गायब पारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भवनको कागजपत्र महानगरपालिका नक्सा फाँटकै कर्मचारीले गायब पारेका हुन् । – राजधानी दैनिक

Share This Article
Leave a Comment

Leave a Reply