वैशाख १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले पार्टीका ३७ विभाग गठन गरी ती विभागमा विभागीय प्रमुख तोकेको छ ।

बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

Related News