बैशाख १९, काठमाडौँ | उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिएका छन् । शपथपछि उनलाई सोधियो जसपाको भागमा परेको खाली मन्त्रालयमा जानुहुन्छ भनेर पत्रकारले सोधे । त्यसमा उनको जवाफ थियो- त्यो पार्टीले निर्णय गर्छ ।

उनले मुलुकलाई अघि बढाउन सरकारको स्थायित्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्नेमा जोड दिए ।

‘कसले कुन मन्त्रालय पाउने भन्दा पनि महत्वपूर्ण सरकारको स्थायित्व र पर्फर्मेन्स हो ‘,

यादवले वृहत् र राष्ट्रिय समझदारीमा जोड दिएका छन् ।

‘सरकार २-२ महिना ६-६ महिनामा बदलिरहे देशको आर्थिक विकास र प्रणालीमा पर्छ । जनतामा नैराश्यता र वितृष्णा जाग्छ । जति वृहत्तर समझदारी बन्न सक्यो त्यति राम्रो । तर, टिकाउ हुने खालको हुनुपर्छ ‘, उनको भनाई थियो । सरकारमा बाँकी रहेका मन्त्री चाँडै पूर्ति हुने यादवले बताए ।