2026-10-17 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’

बैशाख १९, काठमाडौँ | ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएर घर फर्किसकेका तनहुँका बिएन जोशीले आफूले सोका दौरान भोगेको अनुभवलाई लिएर सोही ‘श्रमाटन’ (साङ्ग्रिला पुस्तक प्रालि, काठमाडौँ २०७७)  शीर्षकमा पुस्तक नै तयार पार्नुभएको छ  जसको अङ्ग्रेजी अनुवाद (अनुवादक अरुण बुढाथोकी) पनि निराला प्रकाशन, नयाँ दिल्ली (२०२३) ले बजारमा ल्याइसकेको छ ।

नेपालीहरूका वैदेशिक रोजगारीका कथा  मिडियाले दैनिकजसो बजारमा ल्याइरहेको छ । प्रायः हरेक दिन नै श्रमिक, तिनका परिवार, रोजगारदाता संस्था, सरकारका वैदेशिक रोजगार विभाग, बोर्डसँग सम्बन्धित समाचार, आलेख सञ्चारमाध्यममा आइरहेका हुन्छन् जुन मिडियाका समाचारदाताले तिनै स्रोतसम्म पुगेर लेखेका हुन्छन् । ‘श्रमाटन’ भने लेखक स्वयंको वैदेशिक रोजगारी यात्रा विवरण हो जुन कुनै वरिष्ठ नियात्रा साहित्यकारको लेखनीसँग दाँज्न सकिन्छ । 

एसएलसी दिएपछि गाउँले दाजुहरूकै साथ भारत पुग्नुभएका जोशी पछि राजधानी बसेर  कतार, थाइल्यान्ड, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, चीन, पाकिस्तान, सिङ्गापुर, टर्की, बेलायत, जर्जियालगायत देशसम्म पनि पुगेर वैदेशिक श्रम र यात्राको अनुभव लिनुभयो । तीमध्ये अघिल्ला पाँच देशमा वैध, अवैध रूपमा गरिएका विभिन्न यात्राका क्रममा भोगेका विषयलाई यस कृतिमा मसिनोसँग प्रस्तुत गरेर लेखकले बेरोजगारीको पीडाबाट आक्रान्त तथा गरिबीको दुष्चक्रमा उम्कन चाहने युवाहरूको प्रतिनिधित्व गर्नुभएको छ । ‘पुनर्जीवन’ र ‘सफर’ गरी मूल अध्यायमा समेटिएका उहाँको वैदेशिक रोजगारीको अनुभवको सार हो मुलुकमा साँच्चै विकास र समृद्धि ल्याउने हो भने युवाहरूको विदेश पलायन गराउने परिस्थिति वा बाध्यताको अब अन्त्य हुनुपर्छ । 

पुस्तकमा मोरङ, सुनसरी र तनहुँका साथीहरूसँग दुईमहिने प्रवेशाज्ञामा फर्किने टिकट पनि लिएर थाइल्यान्डको बैंकक पुग्नुभएका लेखक उनीहरूसँगै नेपाली र ‘बर्मेली दलाल’ मार्फत मलेसियाको सीमापार हुने नयाँ योजनामा फस्न पुग्नुहुन्छ । बैंककदेखि मलेसिया सीमाको लामो यात्रा विवरणमा  भोगेको  कहर नै प्रस्तुत पुस्तकको मूल भाग हो जसको सूक्ष्म वर्णन गर्न सक्नु लेखकको अपूर्व कला हो । रातको अँधेरीमा चुपचाप दलालका मान्छे पछ्याउँदै डुङ्गाको यात्रा र पछि ओर्लिएर  भोकभोकै, तिर्खाउँदै जङ्गल र  हिलो बाटो, जङ्गली जनावर, बिच्छी, सर्प, जुका, विश्वयुद्धका नेपाली सैनिकहरूले भोगेभन्दा कम छैन । 

अध्यागमन  प्रहरीले गिरफ्तार गरेर कारागारमा राख्दा अर्धनग्न शरीर बोकेर आफ्ना पुस्तक, टिकट जोगाउनुपरेको तथा पैसा चाहिँ टुथपेस्टभित्र कोचेर  बिताएका दिनको पनि गणना छैन ।  प्रहरीबाट नै  थाइल्यान्ड फर्काइँदा बाटामा पर्ने समुद्रको भेलमा  पौडेर बल्ल बल्ल अर्काे डुङ्गाका                      यात्रीहरूबाट ज्यान  बचाउन सकेको जस्ता  अनगिन्ती दुःखको पनि त्यस्तै बेजोड वर्णन छ । 

जोशीले कतारको एक कम्पनीले सम्झौतानुरूप नेपालीहरूलाई पारिश्रमिक नदिँदा गुनासो र आक्रोश पोख्दा तथा निलो फिल्मको भिडियो चक्काका कारण कारागारमा परेको, युएईमा आफ्नै साथीहरू कुस्ती खेलेको र मरुभूमिमा विदेशीका सुकुटी (लास) देखेको, बैंककबाट नेपाल फर्कँदा मदिरा पिउँदा जहाजमै डेढ लाख सकेको, युएईमै किर्गिस्तानबाट आएर यौनशोषणमा परेकी  डिना सुलोभालाई आफ्नो डेरामा ल्याएर उद्धार गरेको, बैंकक फर्केपछि एउटी किशोरीसँग हिमचिम भएको जस्ता  घटना पनि लेखकले छोटा छोटा शीर्षकमा उल्लेख गर्नुभएको छ । 

वैदेशिक रोजगारीमै इराक पुगेका १२ नेपालीको विसं २०६१ भदौ १५ गते आतङ्ककारीबाट हत्या भई नेपालमा भदौ १६ मा भएको दङ्गाको पनि लेखक साक्षी बन्नुभएको रहेछ । सोही घटनापछि आफ्नै माहिला भाइ गोविन्द कतारमा गाडी हाँक्ने काममा गएको तर सद्दे हालतमै राती सुतेर भोलिपल्ट बेहोसावस्थामै दिवङ्गत भई उनको सुकुटी शरीर नेपाल फकाईएको जस्तो ‘जीवनको त केही भर नहुने’ मार्मिक घटना पनि जोशीले बेहोर्नुपरेको रहेछ । 

पचासदेखि साठीको दशकको सुरुदेखि ‘श्रमाटन’ गर्नुभएका लेखकले थाइल्यान्ड–मलेसिया यात्रा र गोविन्दको निधनको विषय सिधा सीधै लेखे पनि अन्य विवरण भने ‘फ्ल्यासब्याक’ (पूर्वदृश्य, पुराना घटनालाई अघि राख्ने) शैलीमा भएकाले झट्ट बुझ्न भने अलि कठिन नै पर्छ । कुनै विषय त कुन देशको हो भन्ने पनि ठम्याउन गाह्रो छ ।   केही अर्थ नलाग्ने तथा एकका ठाउँमा अर्का शब्द, शब्दावली जस्तै ‘उत्मात’, थिचोरेर ( हुनुपर्ने चिथोरेर), छन्को ( हुनुपर्ने छनक), बाकटी ( हुनुपर्ने बाँकटे) परेका छन् भने कतै  वर्णविन्यासगत र कतै व्याकरणगत अशुद्धि पनि छन् । ‘घाम उदाउँदा र जून अस्ताउँदासम्म पनि निरन्तर चलिरहेको’ यो ‘विदेश पलायनको लहर’ वा   ‘यस्तो यात्रा’ ‘कहिले रोकिएला’ भन्दै चिन्ता व्यक्त गरेर ‘श्रमाटक’ जोशीले राज्यलाई त झकझक्याउनुभएकै छ, यहीँ रहेका  युवाहरूलाई पनि वैदेशिक रोजगारीको कहर सुनाएर स्वदेशमै श्रम पोख्न अप्रत्यक्ष रूपमा आह्वान गर्नुभएको छ । यसर्थमा पनि प्रस्तुत कृति मूल्यवान् मानिनुपर्छ जसको अङ्ग्रेजी संस्करण पनि स्तुत्य छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु