2026-10-10 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सुबानीको ‘बानी’ गीत विवादमा, गायक आर्जन पाण्डेद्वारा चार वर्षअघि किनेको दाबी

बैशाख १९, काठमाडौँ | सुबानी मोक्तानको गीत ‘बानी’ निकै चर्चित भइरहेको छ । तर, अहिले यो गीत विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले यो गीत चार वर्ष अघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको दाबी गरेका छन् । 

आर्जनले सोमबार ‘तिमीलाई हेरी हेरी’ बोलको गीत आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेपछि धेरैले ‘यो सुबानीको गीत हो’ भनेपछि गीतको वास्तविकताबारे स्पष्टीकरण दिन चाहेको फेसबुकमा लेखेका छन् ।

फेसबुकमा आर्जनले लेखेका छन्, ‘सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुई वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको थिएँ ।’

उनले सुबानीको गाएको गीतको हुकलाइन र उनलाई बेचिएको गीतको हुकलाइन एउटै भएको बताउँदै त्यसलाई राख्ने भनेर उनलाई नसोधिएको बताए । आर्जनले भने, ‘यो गीत नै मैले किनेको भएकाले त्यसमा भएको हुकलाइन पनि मेरो सम्पत्ति हो । ’

आर्जनले थपे, ‘उहाँहरू सबैलाई यो गीत मेरो हो भन्ने थाहा थियो । तर, त्यति थाहा हुँदाहुँदै पनि मेरो अनुमति बिना त्यसलाई बनाएर रिलिज गर्ने हिम्मत कसरी आयो थाहा छैन ।’

यसमा आफूलाई अन्याय भयो कि सुबानीलाई भयो भनेर बुझ्न सुबानीलाई फोन गरेको पनि बताए । ‘मैले सुबानीलाई फोन गरेर सोध्दा उहाँले मेरो गीतको अरेन्जर रिकेश गुरुङले मेरो गीत सुनाएको र यो मान्छेले गाउँदैन भनेर दिएको भन्नुभयो,’ आर्जनले भने, ‘कुनै स्टुडियोमा अरेन्ज गर्न दिएको गीत अरूलाई सुनाउँदै दिन्छ भने हामीले कसरी ढुक्कका साथ आफ्नो गीत अरेन्ज गर्न दिन सक्छौ ? रिकेशले पहिले पनि मेरो गीत रेलिमाईमा त्यस्तो हर्कत गरिसकेका छन् ।’

आर्जनले यसमा ठ्याक्कै के भइरहेको छ भनेर नबुझेको बताए पनि आफूमाथि अन्याय भएको राम्रोसँग बुझेको बताए । उनले भने, ‘ उनीहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर, अहिले भन्नुको खासै अर्थ छैन । त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली सङ्गीतको व्यवसायिकतामा अर्को गल्तीलाई ढाकछोप गरौँ कि यसको कानुनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाऊँ ? म अलमलमा छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय