2026-07-02 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिको जिल्ला कमिटी र नेकपाका दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

2017-09-09

भदौ २४, भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आज आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक धु्रवीकरण अभियान’ कार्यक्रममा उहाँले अझैपनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै उहाँले जनताको हातमा राज्यसत्ता अझै नआएको जिकिर गर्नुभयो । 


माओवादी क्रान्ति अझै पनि अधूरो रहेको जिकिर गर्दै उहाँले क्रान्तिलाई प्ूरा गर्न देशव्यापी पार्टी एकीकरण अभियान सुरु गरिएको बताउनुभयो । राजनीतिक स्थिरता र स्थिर सरकार नभएसम्म देशको विकास नहुने चर्चा गर्दै उहाँले राष्ट्रिय एकताबिना राष्ट्रिय स्वाधीनता स्थापना हुनै नसक्ने ठोकुवा गर्नुभयो । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्री रहने व्यवस्था हुनुपर्ने मागलाई पार्टीले सडक, सदन र सरकारबाट उठाउने उल्लेख गर्दै उहाँले निर्वाचन प्रणालीमासमेत आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था कै निर्वाचन प्रणालीका कारण निर्वाचनमा अस्थिरता आएको छ, भोट किनबेच भएको छ, पैसा भएका धनाढ्य र पूँजीपति मात्रै सरकारमा पुगेका छन्, पैसाबिना चुनावमा जानै नसक्ने अवस्थालाई हटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।” 

माओवादी केन्द्रका भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ शक्ति पार्टीका भक्तपुर जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य ओम वाग्लेको नेतृत्वमा सिंगो जिल्ला कमिटी विलय हुनुका साथै केन्द्रीय तथा जिल्लाका ६५ जना र नेकपा माओवादी (विप्लब) समूहका मजदुर नेता युवराज आचार्यको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना