बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

साझासवाल
1 Min Read

असार १३, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि ह्वीप जारी गरेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

त्यस्तै सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply