एउटा तहमा चुनाव हारे ५ वर्ष अर्को तहमा उम्मेदवार बन्न नपाउने कानुन बनाउन प्रस्ताव

साझासवाल
1 Min Read

<p><b>असार १८, काठमाडौँ | </b>निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।<br></p><p>आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपुचुनाव बाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply